Friday , 19 October 2018
News update
Home >> bollywood >> जय हो ले १०० करोड कमायो

जय हो ले १०० करोड कमायो

अन्तत निकै मेहनत पछि सलमान खानको फिल्म ‘जय हो’ ले सय करोड क्लबमा प्रवेश गरेको छ । सय करोड क्लबमा सहभागी हुने यो २८ औं फिल्म हो । साथै सलमानको भने यो छैटौं फिल्म हो ।  पहिलो सातामा यस फिल्मले ८७ करोड रूपैयाँको कारोबार गरेको यस फिल्मले दोश्रो विकेन्डमा लगभग साँढे तेह्र करोड रुपैयाँको कलेक्शन गरेको थियो, यसका साथै यस फिल्मले कूल कलेक्शन १०१.२५ करोड गरेको छ ।1655985_1458365681054040_1461208499_n

यस फिल्मले १०० करोड कमाउनका लागी दस दिनको समय लगाएको छ । स्मरणीय छ कि सलमानको फिल्म ‘दबंग’ ले पनि १०० करोड पुर्याउन दश दिन नै लगाएको थियो, तर त्यतिबेला अर्कै समय थियो ।  अहिले त फिल्मले तीन दिनमानै सय करोड कमाउने गर्दछन । सलमानको एक था टाइगर र दबंग 2 ले पछि ६।६ दिनमानै यो यात्रा पुरा गरेको थियो भने जबकि बडीगार्ड ले आठ र रेडीले बाह्र दिनमा सय करोड कमाइ गरेको थियो ।

भलै यो फिल्म सय करोड क्लबमा समावेश भएको छ, तर यस फिल्मलाइ सफल फिल्म भने मान्न सकिन्न । ‘जय हो’ का निर्माताहरूले भलै धेरै पैसा कमाएका हुन, तर वितरकहरू भने घाटामा जाने कुरा निश्चित रहेको कुरा अहिले बि टाउनमा चलिरहेको छ ।  यस फिल्मलाइ उत्तर प्रदेश र गुजरातमा ट्याक्स फ्री गरिएको छ । जसले यसलाइ केही फाइदा भने पुर्याउन सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*