Tuesday , 18 December 2018
News update
Home >> Features >> म्युजिक भिडीयोकी तिर्सना हिन्दी चलचित्रमा

म्युजिक भिडीयोकी तिर्सना हिन्दी चलचित्रमा

केही गीतको म्युजिक भिडीयामा अभिनय गरेकी तिर्सन बुढाथोकी अब हिन्दी चलचित्रमा पनि देखिने भएकी छन् ।  हुन त उनले मुटुभित्र डढाएर गयौ तिमी…’ केही महिनाअघि अभिनय गरेको यो गीतले चर्चा पनि पायो ।  राजुबाबु श्रेष्ठको लेखनर र पर्शुराम रिजालको आवाज रहेको यो गीतमा उनलाई मोडलिङमा रञ्जन रिजालले दिएका थिए ।tri
म्युजिक भिडियोको केही सफलता पनि उनको पाइलाम अहिले ठूलो पर्दा तिर बढेको छ । चलचित्र ‘आटिस्र्ट’ र ‘ह्वाट इज लभ’मा सह–नायिकाको भूमिका निर्वाह गरेक तिर्सना अहिले हिन्दी भाषाको चलचित्र क्रिस्टिनामा पनि अनुबन्धित भएको उनि बताउछिन् ।  नेपाली मूलका भारतीय कुमार केसीले निर्देशन गर्न लागेको क्रिस्टिना हिन्दी, भोजपुरी र बंगाली गरि तिनभाषमा बन्ने उनले खुलाइन् ।

अहिले छायांकनको तयारीमा रहेको यस चलचित्रको अभिनयको आफु पनि तयारीमा लागेको तिर्सनले बताइन् । भनिन् नेपाली चलचित्रमा जम्न नसके पनि हिन्दीमा जम्छुकी । स्नातक अध्ययनरत बुढाथोकी मोडलिङलाई पनि संगै लैजाने सोचमा छिन् । कान्तिपुर टिभीको कार्यक्रम किलो ट्यांगो माइकमा नियमित अभिनय समेत गरिरहेकी तिर्सना मोडलिङमा कमाइ देखेर लोभिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*