Tuesday , 16 October 2018
News update
Home >> Features >> गायिका मञ्जु महतको परिवारलाई राहत माग गर्दै आन्दोलन चर्कियो । प्रहरीद्धरा लाठी चार्ज ।

गायिका मञ्जु महतको परिवारलाई राहत माग गर्दै आन्दोलन चर्कियो । प्रहरीद्धरा लाठी चार्ज ।

स्कुटर दुर्घटनामा परेर उपचारको क्रममा शनिबार ज्यान गुमाएकी गायिका मञ्जु महतका परिवारलाई राहातको माग गर्दै कलाकारहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आइतबार बिहानैबाट गायिका मञ्जु महत दुर्घटनामा परेको ठमेल–सामाखुसी सडक बन्द गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा कलाकारहरुमाथी सामाखुशीमा प्रहरीले लाठिचार्ज गरेको छ । साथै २०  जनाभन धेरै कलाकारलाई नियन्त्रणमा लिएको  लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव रमेश बिजीले बताएका छन् ।

manju1

प्रदर्शनका क्रममा प्रहरीले गायक शिव हमाल, महेन्द्र गौतम लगायतका १२ जनालाई पक्राउ गरेको र गृहमन्बी बामदेव गौतमको ठाडो आदेश आएपछि पक्राउ गरिएको सम्पुणै कलाकारहरुलाई छाडिएको जनाइएको छ । यता कलाकारहरुले स्थानीयलाई समेत आन्दोलनमा सहयोग गर्न समेत आव्हान गरेका छन् ।
स्कुटरमा रहेकी महतलाई बिहीवार दिउसो साढे दुई बजे काठमाडौंको ठमेलबाट गीत रेर्कडिङको लागि मालश्री स्टुडियो जाने क्रममा गल्कोपाखामा माइक्रोले ठक्कर दिँदा उनी दुई माइक्रोको बिचमा परेर च्याम्पिएकी थिइन् ।
दुर्घटना हुनासाथ तत्काल उपचारका लागि मनमोहन मेमोरियल हस्पिटल पु¥याइए पनि उनको त्यहाँ उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट पनि रिफर गरेपछि टोखास्थित ग्राण्डी अस्पताल लगिएको थियो । जहाँ उनको शनिबार दिउँसो निधन भएको थियो ।

manju

२८ वर्षमा निधन भएकी गायिका महतका ९ वर्षीय छोरी र १६ महिनाका छोरा छन् । उनका श्रीमान कमलकिरण आधुनिक गायनमा सक्रिय छन् । गायिका महतले गाएका ‘सोह्र दुना आठ’ र ‘हिरा मोती झै’ ‘नभन है कसैलाई भन्नु हुदैन’ लगायतका  गीत पछिल्लो समय निकै चर्चामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*