Thursday , 21 February 2019
News update
Home >> Features >> बन्ने भयो ‘बेस्ट फ्रेन्ड फरेभर’ । लेखक र निर्देशक दुवै १९ बर्षका ।

बन्ने भयो ‘बेस्ट फ्रेन्ड फरेभर’ । लेखक र निर्देशक दुवै १९ बर्षका ।

छिल्लो पटक चलचित्र क्षेत्रमा युवाहरुको सक्रियता दिनानुदीन बढ्दै गइरहेको छ । यसरी फिल्म इन्डष्ट्रिमा नवप्रवेशीको रुपमा उदाउने युवाहरु परेर भन्दा पनि पढेर आउने गरेका छन । यसै क्रममा नेपाली रजतपटमा युवा निर्देशक र लेखकका रुपमा क्रमश उत्सब थपलिया र लोचन आचार्य उदाउदै छन । उत्सब र लोचन दुवै भर्खर १९ बर्षका हुन ।bff5

प्यासन इनटरटेनमेन्टको ब्यानर र एलिजा इन्टरनेशनलको प्रस्तुतिमा बन्ने फिल्म “बि. एफ. एफ. अर्थात बेस्ट फ्रेण्ड फरएभर” मार्फत उत्सब थपलियाले पहिलो पटक निर्देशन र लोचन आचार्य पटकथाकारका रुपमा डेब्यु गर्दैछन । मंगलबार राजधानिमा आयोजित एक कार्यक्रममा चलचित्रको बारेमा औपचारिक जानकारी दिदै लेखक आचार्यले चलचित्र मार्फत युवाहरुको मित्रता र मित्रतामा कसैले कती सम्मको त्याग गर्न सक्ने देखाउन खोजिएको बताएका छन ।bff4

निर्देशक उत्सबले १९ बर्ष भनि होचाउनेलाइ केहि गरी देखाउने र आइपर्ने सम्पूर्ण चुनाती सामना गर्न तयार रहेको बताए । मानविकी संकायमा प्लस टु उत्तीर्ण उत्सब र प्लस टु साइन्समा गरेका लोचन सम्भवत देशकै पहिला कान्छा निर्देशक(लेखक जोडी हुन् । उत्सब थपलियाले यस अघि ‘कथा’ नामक वृतचित्र निर्देशन गरीसकेका छन भने लोचन आचार्यको पटकथामा आधारित लघु चलचित्र ‘जुत्ता’ नेपाली सेना चलचित्र कम्पिटिसनमा भिडदै छ । उनि देशकै पहिलो बाल ब्लगरका रुपमा समेत चिनिन्थे ।bff2

एसान अलिको लगानीमा बन्नेफिल्ममा २०१४का मिस्टर क्यापिटल मनिष न्यौपाने, लुट कम्पनीका नायिका आलिया खतिवडा, ओसन श्रेष्ठ, रिमा साही, सिम्रन लुइटेल, सृजना पोख्रेल, निशा बुढाथोकी, आरुष गुरुङ, एवन उप्रेती, मनिष न्यौपाने, विक्की फैजु, राजन पुरीहिमाल खत्री आदिको अभिनय रहनेछ । फिल्ममा गोविन्द राईका नृत्य, दिनेश श्रेष्ठको छयांकन तथा सोम जीसीले मुख्य सहायक निर्देशन गर्दैछन । भोजपुरीमा पनि डविङ गरिने फिल्मको छयांकन बिरगंज, काठमण्डौ लगायत भारतमा समेट गरिने बताइएको छ । फिल्म अगामी बैशाखबाट फ्लोरमा जानेछ । bff3

bff

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*