Tuesday , 16 October 2018
News update
Home >> Features >> ‘बक्सअफिस अवार्ड’मा रेखा र जीवन उत्कृष्ट नायक नायिका ।

‘बक्सअफिस अवार्ड’मा रेखा र जीवन उत्कृष्ट नायक नायिका ।

छिल्ला केहि फिल्मी अवार्डहरु नायक जीवन लुईटेल र नायिका रेखा थापाले कब्जा गर्दै आइरहेको छन । यो क्रमले अझै निरन्तरता पाएको छ । शनिबार राजधानीमा आयोजिट बक्स अफिस फिल्म अवार्डमा रेखा र जीवनले उत्कृष्ट नायक तथा नायिका को अवार्ड उचाले । जीवनले फिल्म ‘रिदम’ बाट अवार्ड जिते भने रेखाले फिल्म ‘काली’ बाट अवार्ड उचालिन । rekha jiwanबक्स अफिस अवार्डमा लागी दुई फिल्म रिदम र काली नै हाबी देखिए । फिल्म ‘रिदम’ ले नायकसहित उत्कृष्ट फिल्म, निर्देशक/पटकथा (विकास आचार्य), बालकलाकार (अनुभव रेग्मी), गायिका (रजिना रिमाल) ले अवार्ड जित्यो । उत्कृष्ट नायिका जितेकी रेखाले ‘काली’ बाटै नायिकातर्फको पब्लिक च्वाइसको अवार्ड पनि पाइन् । त्यसबाहेक फिल्मले सम्पादन -बनिश शाह), संगीत (वसन्त सापकोटा), नृत्यनिर्देशन (कविराज गहतराज), द्वन्द्वनिर्देशन (रोशन श्रेष्ठ) मा अवार्ड जितेको छ । तुलसी घिमिरेलाई लाइफ टाइम अचिभमेन्टले सम्मान गरिएको कार्यक्रममा नवनायक/नायिकाको अवार्ड फिल्म ‘होस्टेल’ बाट अनमोल केसी र प्रकृति श्रेष्ठले पाए । उक्त फिल्मबाट सलोन बस्नेतले सह-अभिनेताको अवार्ड पाउँदा सह-अभिनेत्रीको अवार्ड करिश्मा मानन्धर (किनकिन) ले पाइन् । ‘होस्टेल’ ले फिल्मतर्फको पब्लिक च्वाइस अवार्ड पनि पायो । निर्देशनतर्फ दिनेश डिसी, गायकतर्फ राजेशपायल राई पनि पब्लिक च्वाइस ठहरिए ।dinesh dcनायक भुवन केसीलाई सुपरस्टारको सम्मान दिइँदा राजेश हमाललाई पब्लिक च्वाइस र चरित्र अभिनेताको अवार्ड दिइएको थियो । गतवर्षका एक सय २१ फिल्म सहभागी अवार्डमा संलग्न फिल्मका निर्मातालाई सम्मान प्रदान गरिएको थियो । अवार्डमा फिल्म ‘मोक्ष’ बाट प्रवीण श्रेष्ठले नवनिर्देशकको अवार्ड जिते भने कथामा योगेश घिमिरे (नोटबुक) उत्कृष्ट ठहरिए । फिल्म ‘छ एकान छ’ ले छायांकन (पुरुषोत्तम प्रधान), पाश्र्व संगीत (एलिश कार्की), ड्रेस (उत्तम बनेपाली), संवाद (दीपकराज गिरी), हास्यकलाकार (केदार घिमिरे) लाई अवार्ड चुमायो । त्यसबाहेक मेकअपमा निमा लामा (धन्दा), कला गोपाल भुटानी (शिरीषको फूल), ध्वनि उत्तम न्यौपाने (धन्दा), चरित्र अभिनेत्री गीता अधिकारी (झोले), खलनायक शंकर आचार्य (लभ फरेभर), गीतकार दयाराम पाण्डे, गायक शिव परियार उत्कृष्ट घोषित भए । कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, माइती नेपाल अध्यक्ष अनुराधा कोइराला, एसएसपी रमेश खरेलको विशेष उपस्थिति रहेको थियो । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा चलेको कार्यक्रम राति अबेरसम्म लम्बिएको थियो ।anubhav

स्रोत: कान्तिपुर दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*