Tuesday , 18 December 2018
News update
Home >> Features >> पोस्टरमा देखियो ‘रियल हिरो’ सुशान्त कार्की ।

पोस्टरमा देखियो ‘रियल हिरो’ सुशान्त कार्की ।

शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘टाइगर द रियल हिरो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायक सुशान्त कार्कीलाई फिचर गरिएको छ । फिल्मको प्रचार सामाग्रीबाट अहिलेसम्म लुकाउदै आएको शुसान्तलाई हलिउड स्टाइलमा सुगठित शरिरसहितको लुक्समा देखाइएको छ । tiger the real heroफिल्मलाई निर्देशक राजु गिरीले निर्देशन गरेका हुन । शंकर गिरी र काजल गिरीको निर्माण रहेको फिल्ममा शुसान्तको अलवा, अशोक फुयाँल, शुभेच्छा थापा, समिक्षा अर्याल, सुरज रानाभाट, प्रकाश बिसी, दिपक कँडेल लगायतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, मुकेश हुमागाईको छयांकन तथा रामजी लामिछानेको नृत्य रहेको छ । फिल्मको यसअघि नै विभिन्न पोस्टर तथा प्रोमो र गीतहरु सार्वजनिक भइसकेका छन । स्मरण रहोस शुभेच्छा इन्टरटेन्टमेन्टकै ब्यानरमा निर्मित फिल्म ‘मिस नेपाल’ प्रदर्शनको संघारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*