Wednesday , 12 December 2018
News update
Home >> Features >> सार्कमै उत्कृष्ट हिरोइन बनिन् गरिमा । ‘साँघुरो’लाई दुइ अवार्ड ।

सार्कमै उत्कृष्ट हिरोइन बनिन् गरिमा । ‘साँघुरो’लाई दुइ अवार्ड ।

श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न सार्क फेस्टिबलमा नायिका गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड हात पारेकि छिन । सार्क राष्ट्रहरुका थुप्रै फिल्महरुको सहभागिता रहेको सार्क फिल्म फेस्टिबलमा नेपाली फिल्म ‘झोला’बाट गरिमा उत्कृष्ट नायिका बनेकि हुन । गरिमाको लागी यो करियरमै हालसम्मको ठुलो अवार्ड हो । फिल्म ‘झोला’ बर्ष २०७० कै उत्कृष्ट ब्यापार गर्न सफल फिल्म हो । कृष्ण धरावसीको चर्चित कथा ‘झोला’मा अधारित फिल्मलाई यादव भट्टराईले निर्देशन गरेका हुन । garima panta jhola movieत्यस्तै अर्को नेपाली फिल्म ‘साँघुरो’ले दुई विधामा अवार्ड पारेका छन । फिल्मले सिल्भर मेडल अवार्ड र फिल्मका निर्देशक जोएस पाण्डेले द स्पेशल जुरी सर्टिफिकेट अफ रिकग्निशन अवार्ड जितेको हो । बर्ष २०७० मै रिलिज भएको ‘साँघुरो’ केहि दिनअघि मात्र बेलायतका चर्चित टेलिभिजन च्यानल फोरबाट पनि प्रदर्शन भएको थियो ।joes pandey sasrc festival1 joes pandey sasrc festivalत्यस्तै अवार्डमा सर्वोत्कृष्ट फिल्म र निर्देशक तर्फको अवार्ड श्रीलंकाको ‘सोभिसी भिराना’ ले प्राप्त गर्यो । यो फिल्मले काष्य पदक समेत पाउन सफल भयो ।  उत्कृष्ट अभिनेताको अवार्ड ‘ चाहि माल्दिभसको ‘इंगिली’ फिल्मबाट इस्माइल रसिदले प्राप्त गरे। भारतबाट प्रतिनिधित्व गरेको प्रान्तिक नारायण बसुको फिल्म ‘माकारा’ले छोटो फिल्म तर्फ उत्कृष्टता हासिल गर्यो ।

Photo by: jhola movie & Joes Pandey

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*