Tuesday , 16 October 2018
News update
Home >> hollywood >> गम्भीर रोगबाट पिडित हलिउड स्टार सेलेना गोमेज ।

गम्भीर रोगबाट पिडित हलिउड स्टार सेलेना गोमेज ।

 केहिदिन अघि मात्र नेपाल आएर फर्किएकी विश्वचर्चित गायिका सेलेना गामेज एक गम्भीर रोगबाट ग्रसित भएको रहस्य खुलेको छ । समाचारअनुसार उनी स्वप्रतिरक्षी रोग ल्युपसबाट ग्रसित छिन । यो जानकारी सेलेनाको हजुरबुवा रिचाडरे गोमेजले मिडियालई दिएका हुन ।  selena-gomez-wallpaper-bikini-8एक वेभसाइट राडार अनलाइन डटकमका अनुसार सेलेना यस बिमारीबाट निको हुनको लागी प्रयासरत रहेको बुझिएको छ । केहि बर्ष पहिले सेलेनाको उपचार पनि चलेको थियो । हजुरबुवाका अनुसार २१ बर्षीय चर्चित गायिका सेलेनाको अहिले पनिसामन्य उपचार जारी छ । डाक्टरले सेलेनालई केहि समय ब्यस्त दिनचर्याबाट टाढा रहनको लागी पनि आग्रह गरेका छन ।
रिचार्डरका अनुसार सेलेनाले मादक पदार्थ सेवन गरेको केही मिडियाबाट थाहा पाएको बताए । सेलेनाको लागी यो खतरापुर्ण हुने भएकोले उनलाई निगरानीको जरुरी रहेको उनले बताए । सेलेना गत साता मात्र नेपाल आएकी थिइन । युनिसेफको दुतको रुपमा नेपाल आएकी उनी मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा पुगी फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*