Thursday , 15 November 2018
News update
Home >> kollywood >> फिल्मकर्मीलाई सम्मानसँगै ‘निशानी’को च्यारिटी ।

फिल्मकर्मीलाई सम्मानसँगै ‘निशानी’को च्यारिटी ।

छिल्लो समय निकै ब्यस्त बनेका निर्देशक राजु गिरी सम्मानित भएका छन । शुक्रबार पोखरामा रानाभाट समाजले निर्देशक गिरीसहित अन्य केहि फिल्मकर्मीहरुलाई सम्मान गरेको हो ।raju samman सम्मानित हुनेहरुमा नायिका शुभेच्छा थापा, संगीतकार अर्जुन पोखरेल, गीतकार तथा सञ्चारकर्मी दयाराम पाण्डे छन । कलाकार सुरज रानाभाटको संयोजनमा उक्त सम्मान गरिएको थियो । पोखराको बाराही हलमा आयोजित सम्मान कार्यक्रमसँगै नेपाली कथानाक चलचित्र निशानीको च्यारिटी शो समेत गरिएको थियो ।
नेपालीहरुको वीरताको कथा चलचित्र निशानीको यसअघि पनि विभिन्न स्थानहरुमा च्यारिटी शोहरु सम्पन्न भइसकेका छन । चलचित्रलाई बिनोद सेरेङले निर्देशन गरेका हुन । चलचित्रमा प्रशान्त तमाङ, शिरु बिष्ट, बिष्णु चेम्जोङ, सुरज रानाभाट लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*