Wednesday , 17 October 2018
News update
Home >> bollywood >> पुर्वप्रेमीबाटै यौन हिंसामा परिन प्रिती जिन्टा ।

पुर्वप्रेमीबाटै यौन हिंसामा परिन प्रिती जिन्टा ।

र्चित बलिउड नायिका प्रिती जिन्टाले आफ्नै पुर्वप्रेमीमाथी यौन हिंसाको आरोप लगाएकी छिन । आइपीएल म्याचमा किंगस इलेभेन पञ्जाबको मालिक प्रितीले पुर्वप्रमी नेस वाडियाले आफुलाई छेडछाड गरेको आरोप लगाएकी हुन । उनले मुम्बईको एक पोलिस स्टेशनमा यसबारेमा उजुरीसमेत दिएकी छिन । Preeti and her boyfrendगत ३० मे को दिन आइपीएल म्याच चलिरहंदा वाडियाले आफुलाई अश्लील शब्दमा गाली गर्दै हात समातेको प्रितीको आरोप छ । प्रितीले यो आफ्नो लागी कठिन समय भएको र न्यायको लागी प्रहरीमा उजुरी दिएको बताइन । उनले आफ्नो निजी मामला भएकोले यसलाई स्क्यान्डल नबनाउन पनि मिडियाहरुलाई अनुरोध गरिन ।
प्रहरीले भने यसबारेमा छानवीन सुरु गरिसकेको छ । आइपीएल म्याच भइरहँदा त्यहा रहेको अन्य ब्यक्तिहरुलाई सोधपुछ तथा सीसी टिभीको फुटेजको अधारमा अनुसन्धान गरिने प्रहरी भनाई छ ।
यस बिषयमा प्रितीका ब्वायफ्रेन्ड वाडियाले भने आफुलाई फसाउन खोजिएको बताएका छन । प्रिती र वाडिया सन २००५ देखि २००९ सम्म रिलेशनमा रहेको थिए । त्यसपछि केहि बर्षयता उनीहरु ब्यापारिक सम्बन्ध मात्र रहेको बताइएको थियो । प्रिती मालिक रहेको किङस इलेभेन पञ्जाब मा वाडिया सहमालिक रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*