Thursday , 15 November 2018
News update
Home >> Features >> ‘ठुली’ को टेलर सार्वजनिक । गरिमा किन दिन दिनै मरेर बाचिन (भिडियो सहित )

‘ठुली’ को टेलर सार्वजनिक । गरिमा किन दिन दिनै मरेर बाचिन (भिडियो सहित )

यहि भाद्र ६ गते बाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘ठुली’को टेलर सार्वजनिक गरिएको छ । निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गर्नु भएको चलचित्र “ठुली”को गीत संगीतले बजारमा दर्शक तथा स्रोताको मन जित्न सफल भईसकेको छ । निर्माण सुरु भए देखिने चर्चामा रहन सफल चलचित्र “ठुली”लाई अहिले एउटा सम्भावना बोकेको चलचित्रको रुपमा फिल्मी नगरीमा हेर्न थालिएको छ ।

thuliअहिलेको चर्चित तथा सार्क फिल्म फेस्टिबल २०१४ अवार्ड बिजेता अभिनेत्री गरिमा पन्त र जीवन लुइटेल जोडदार अभिनय रहेको चलचित्रको सार्वजनिक भएको टेलरले पनि दर्शकको मन जित्नुको साथै आफ्नो चलचित्र हेर्न हल सम्म दर्शक आउनेमा निर्देशक एभरेस्ट सुर्य बोहोरा ढुक्क रहेका छन् । एभरेष्ट कला यात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त ले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्ममा नायिका गरिमा पन्त, जीवन लुइटेल, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।शेर बहादुर लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ । फिल्मको काठमण्डौ, चितवन लगायतका विभिन्न स्थानमा छायांकन गरिएको थियो । फिल्म हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यहि भाद्र ६ गते रिलिज हुनेछ ।

टेलर हेर्नुहोश:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*