Tuesday , 18 December 2018
News update
Home >> Features >> ‘आवेग’मा आर्यन र अर्चना । कन्ट्रोल गर्दै बसन्त ।

‘आवेग’मा आर्यन र अर्चना । कन्ट्रोल गर्दै बसन्त ।

मंगलबार चलचित्र ‘आवेग’को शुभमुहुर्त गरिएको छ । भैसेपाटीस्थित विनायक मन्दिरमा नरिवल फोडेर फिल्मको मुहुर्त सट लिइएको हो । फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्ने भएका छन । बसन्तले यसअघि विजयपथ, राजिनिति जस्ता फिल्महरु निर्देशन गरिसकेका छन । aabeg-1024x473यमन म्युजिक र बि एन फिल्मसको ब्यानरमा सुर्य कार्की प्रस्तुतकर्ता रहने फिल्मका निर्माताहरु धनसिङ केसी र राजेन्द्र घिमिरे हुन । पुर्णतय एक्सन र रोमान्सको स्टोरी ‘आवेग’मा आर्यन सिग्देलको मुख्य भुमिका रहनेछ । फिल्ममा आर्यन एक्सन हिरोको रुपमा देखिनेछन । त्यस्तै आइटम गर्ल अर्चना देलालको पनि फिल्ममा मुख्य अभिनय रहनेछ । उनका अलवा पवित्रा आचार्य, ध्रुव दत्त, रमेश बुढाथोकी र स्वयम निर्देशक निरौला नै फिल्मका मुख्य कलाकारहरु हुन । काठमण्डौ, मुस्ताङ तथा सिक्किमका विभिन्न स्थानमा छयांकन गरिने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन । फिल्मको छयांकन आउदो साउन १५ देखि सुरु गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*