Tuesday , 18 December 2018
News update
Home >> bollywood >> बलिउडकै सबैभन्दा महंगो डिभोर्स । ऋतिक-सुजैन ।

बलिउडकै सबैभन्दा महंगो डिभोर्स । ऋतिक-सुजैन ।

न्तत: बलिउडकै सफल जोडीको रुपमा रहेको स्टार हिरो ऋतिक रोशन र इन्टेरियर सुजैन खानबीचको सम्बन्ध औपचारिक रुपमा टुङिगएको छ । गत बर्षको अन्त्यदेखि नै छुट्टीएका यो जोडीले  कानुनी डिभोर्स लिएका थिएनन । तर हालै मात्र यी दुईको कानुनी डिभोर्स भएको छ । कानुनी डिभोर्सका लागी यो जोडीले केहि महिना पहिले मात्रै कोर्टमा निवेदन दिएका थिए । Hritik-Sujain-inडिभोर्ससँगै ऋतिकले सुजैनलाई ३८० करोड क्षतिपुर्ति दिएका छन । यो बलिउड इतिहासमै सबैभन्दा महंगो डिभोर्स हो । त्यसो त सुजैनले आफ्नो सुनौलो जीवनको १३ बर्ष ऋतिकसँग बिताएबापत ४०० करोड क्षतिपुर्ति मागेकी थिइन । दुवैले आपसमा कुरा गरेपछि ३८० करोडमा कुरा मिलाइएको हो । उक्त रकम तीर्न ऋतिक तयार भैसकेका छन । तर ऋतिकका फ्यानहरु भने यति ठुलो रकम तीर्न नपर्ने पक्षमा छन ।
योसँगै सुपरहिरो ऋतिक रोशनको पनि वैवाहिक जीवन टुङिगएको छ । ऋतिक हाल आफ्नै परिवारसँग एक्लो जीवन बिताइरहेका छन भने सुजैन पिताको घरमा बस्दै आएकी छिन ।
स्मरण रहोस ऋतिक र सुजैन बच्चपनको साथी हुन । करिब ४ बर्षको अफेयरपछि १३ बर्ष अघि यी दुइले विवाह गरेका हुन । यो जोडीको दुई छोराहरु समेत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*