Tuesday , 16 October 2018
News update
Home >> Features >> ‘कोहिनुर’ हेर्दै श्रीकृष्णप्रति श्रद्धाञ्जली ।पर्दामा श्रीकृष्ण श्रेष्ठलाई देख्नसाथ दर्शकहरु भावुक

‘कोहिनुर’ हेर्दै श्रीकृष्णप्रति श्रद्धाञ्जली ।पर्दामा श्रीकृष्ण श्रेष्ठलाई देख्नसाथ दर्शकहरु भावुक

गोविन्द अर्याल,नारायणगढ

shreekrishna shrestha-inलोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि उनको लगानीमा बनेको चलचित्र ‘कोहिनुर’ हेर्ने दर्शकको भीड नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरले थाम्न सकेको छैन । आइतबार नयाँदिल्लीमा उपचारको क्रममा नायक श्रेष्ठको निधन भएपछि सहानुभूतिको लागि दर्शक हलसम्म ओइरिएका छन् ।धेरै दर्शक टिकट नपाएर पोष्टरमा मात्र भएपनि श्रीकृष्णलाई हेरेर श्रद्धाञ्जली दिँदै निराश मुद्रामा समेत फर्केका छन् । श्रीकृष्ण र स्वेता खड्काको बेजोड अभिनयले भरिएको ‘कोहिनुर’ हेरेरै भए पनि श्रीकृष्णलाई दर्शकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।‘जस्तो परे पनि सहनै पर्ने रहेछ ।

KOhinoor-in]

उनको अन्तिम चलचित्र हेरेर भए पनि पशुपतिनाथसँग आत्माको चिरशान्तिको कामना गरेको छु’ भेडाबारीबाट चलचित्र ‘कोहिनुर’ हेर्न आएकी धनमाया थापाले भनिन् । ‘पर्दामा हेर्दा श्रीकृष्ण अझै छन्जस्तो लागेको छ, पर्दामा उनको जोडी देख्दा त्यो जोडी यो धर्तीमा फेरि आइदिएजस्तो लागेको छ, तर के गर्नु भनेर नहुने’ धनमायाले थपिन् । फूलबारीका जीवन पन्तले पनि ‘कोहिनुर’ हेरिदिएर श्रीकृष्णको आत्माले शान्ति पाउ“छ भन्ने लागेर नै उनी हलसम्म आएको बताए । पन्तले भने, ‘उनको नयाँ चलचित्र अब आउँदैन, त्यसैले पनि हेर्न आएको हुँ ।’त्यस्तै हलमा भेटिएका अर्का दर्शक नीति राई यस चलचित्र हेरेर नै हामीले देशको सार्वधिक लोकप्रिय र सफल नायकलाई अन्तिम श्रद्धाञ्जली दिनुपर्ने बताउँछन् । ‘श्रीकृष्ण श्रेष्ठको हरेक चलचित्र हेर्दै आएको छु, म उनको फ्यान हुँ । उनको यस चलचित्र पनि अन्तिम उपहार सम्झेर हेर्न आएका हुँ’ राईले भने ।

KOHINOORयस चलचित्रले श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको प्रथम चलचित्र ‘कहाँ भेटिएला’ कै हाराहारीमा दर्शकको संख्या रहेको हल सञ्चालक मुक्ति पियाले बताए । उनका अनुसार शुक्रबार सम्म इन्द्रदेव चलचित्र मन्दिरमा मात्रै लगभग ९ लाख बराबरको व्यापार गरेको छ । उनले भने, ‘दिनहुँ दर्शकको संख्या बढेको छ । अहिले द्रोश्रो सातामा पनि चलचित्रको दुई सो नै हाउसफुल छ ।’ ‘धेरैपछि नेपाली चलचित्र लामो समयसम्म हाउसफुल रहेको संभवत यो नै हुनुपर्छ, पियाले बताए ।’अझै पहिलो सोमा त कति दर्शक टिकट नपाएर रिसाएर गएका थिए । अहिले दर्शक बढ्नुमा श्रीकृष्ण श्रेष्ठप्रति माया र उनको अन्तिम चलचित्र भएर नै दर्शकको संख्या बढेको हलका म्यानेजर बामदेव अधिकारी बताउँछन् । फोनबाट नै ५० प्रतिशत टिकट हरेक दिन बुकिङ हुने गरेको उनले बताए ।पर्दामा नायक श्रीकृष्ण श्रेष्ठलाई देख्नसाथ दर्शकहरु भावुक भएका थिए । नारीवादी चलचित्र ‘कोहिनुर’ हेर्दा श्रीकृष्णको जोडीलाई सम्झँदै धेरै दर्शकले आँखाका डिल भिजाएका थिए । हलबाट बाहिर निस्कँदा धेरै महिलाहरु रुँदै निस्केका थिए । भारत हुदै तेश्रो देश लईजाने बाहानामा भारतमा हुने चेलिबेटी बेचबिखनमा आधारित यस चलचित्रले देशभरमा पहिलो हप्ता दुई करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*