Tuesday , 18 December 2018
News update
Home >> Features >> चलचित्र समिक्षक समाजले वितरण गरो क्रिटिक्स अवार्ड’

चलचित्र समिक्षक समाजले वितरण गरो क्रिटिक्स अवार्ड’

सोमबार राजधानीमा चलचित्र समिक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ वितरण गरेको छ । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले विजेताहरुलाई अवार्ड वितरण गरेका थिए । अनामनगर स्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा २०७० सालमा प्रदर्शन भएका ९७ फिल्म मध्ये सात विधामा वितरित अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड चलचित्र ‘बधशाला’ले पाउन सफल भएको छ ।
awardचलचित्र ‘कर्कश’बाट लोकेश बज्रचार्यले सम्पादन विधामा अवार्ड पाउँदा शैलेन्द्र डी कार्कीले ‘वधशाला’बाट छायांकनको अवार्ड जिते । यस्तै, उत्कृष्ट पटकथातर्फ ‘साँघुरो’बाट विनोद पौडेल, अभिनेत्रीतर्फ चलचित्र ‘उमा’बाट ऋचा शर्मा, अभिनेतातर्फ चलचित्र ‘मोक्ष’बाट कोशिश क्षेत्रीले अवार्ड प्राप्त गरे ।चलचित्र ‘साँघुरो’बाट नै जोयस पाण्डेले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।
award1कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले कलाको विकासमा समिक्षकको भूमिका महत्वपूर्ण हुने धारणा राखे । ‘पछिल्ला फिल्मको भाषा मात्र होइन कथा र संस्कृति पनि नेपाली हुन थालेको छ । यो सकारात्मक पक्ष हो,’ रिजालले भने । फिक्सन अध्यक्ष यज्ञशले यो अवार्ड निरन्तर रूपमा गर्दै जाने बताएका छन् । ‘ समिक्षक समाजले अब हरेक बर्ष अवार्डलाई निरन्तरता दिने बताएको छ । यस्तै भदौ २३ गतेबाट हरेक महिनाको सोमबार एक चलचित्र प्रदर्शन गरिने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*