Tuesday , 16 October 2018
News update
Home >> Features >> फ्राइडे रिलिज :’उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’

फ्राइडे रिलिज :’उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’

friday relijफ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात भाद्र १३ गतेबाट दुई चलचित्र ‘उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’ प्रदर्शनमा आएको छ । यि दुई फिल्मसँगै हलमा ‘कोहिनूर’, ‘ताण्डव’ र ‘ठूली’ पनि प्रदर्शन भई रहेको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका चलचित्र ‘उत्सव’ र ‘यो कथा हो तिम्रो मेरो’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )

‘उत्सव’

utsavफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र उत्सव’ प्रदर्शनमा आएको छ ।स्क्रिप्ट राईटर कुमार भट्टराईको डेव्यु निर्देशन रहेको चलचित्र ‘उत्सव’ मा मित्रता र प्रेमको कथा देखाउना खोजिएको छ ।शेखर कोईरालाले निर्माण गरेको यस चलचित्रमा सौगात मल्ल, गौरव पहाडी, प्रकृति श्रेष्ठ, मेनुका प्रधान, संजोग कोइरालाको मुख्य अभिनय रहेको छ ।मुग्लान निर्माण गरेको ८ बर्षपछि ‘उत्सव’ मार्फत निर्माता शेखर कोइराला कमब्याक हुदैछन । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा सुरेश राई र सनुप पौडेलको संगीत रहेको छ ।बिशेष गरेर सांगीतिक चलचित्र समेत भनिएको चलचित्र ‘उत्सव’गीत संगीतले अहिले बजारमा खुब मन पराईएको छ ।

‘यो कथा हो तिम्रो मेरो’

yo katha ho timro meroफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ पनि प्रदर्शनमा आएको छ ।चितवन र पोखरामा तीजको अबसरमा बिहिबार बाट नै प्रदर्शन आएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ आज शुक्रबार बाट देसै भरका सिनेमा घर बाट प्रदर्शनमा आएको छ ।तीजको दिनमा प्रदर्शन भएको यो चलचित्र चितवन र पोखरा दुवै ठाउमा हाउसफुल व्यापार गरेको छ ।चलचित्रमा प्रेममा हुने त्याग, समर्पण र बलिदानीको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ लाई ओम प्रतिकको लेखन तथा निर्देशक रहेको छ ।चलचित्र ‘यो कथा हो तिम्रो मेरो’लाई राम वुढाथोकी,निल हेक्का र रमेश प्रजापतीले मिलेर निर्माण गरेका हुन् । फ्रेम क्रियशन प्रालीको व्यानरमा बनेको यो चलचित्रमा विकास चौधरीको संगीत रहेको छ ।चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिक लगाएतको अभिनय रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा सुरेश बज्रचार्यको छायांकन, बनिश शाहको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*