Saturday , 20 October 2018
News update
Home >> Features >> अष्ट्रेलियामा “सेतो बाघ” को रेडकार्पेट प्रिमियर हुने

अष्ट्रेलियामा “सेतो बाघ” को रेडकार्पेट प्रिमियर हुने

चलचित्र “सेतो बाघ”को प्रिमियर अष्ट्रेलियाको हुने भएको छ ।नमस्ते नेपाल न्यूज एण्ड टेलिभिजनका नेपाली युवा सविन जंग थापाका अनुसार अष्ट्रेलियाको मेलर्वन शहरमा नोभेम्बर ८ मा सेतो बाघको रेडकार्पेट प्रिमियर शो गरिने छ ।
seto bagh (1)
चलचित्र “सेतो बाघ” प्रिमियर शो समापन संगै नियमित रुपमा “सेतो बाघ”को सार्वजनिक प्रर्दशन पनि सोही हलमा गरिने आयोजकले जानकारी दिएका छन् ।डायमन शमशेर राणाको ऐतिहासिक उपन्यास माथि बनेको सेतो बाघमा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।प्रिमियरमा शोमा सहभागी हुन नेपालबाट चलचित्र “सेतो बाघ” का निर्देशक नीर शाह , अर्का निर्देशक ज्ञानेन्द्र देउजा र नीर शाह कि पत्नी उषा शाह अष्ट्रेलिया जादै छन् ।चलचित्र “सेतो बाघ”को नेपाली रिलिज डेट भने तोकी सकिएको छैन ।अष्ट्रेलियाको शो सकिए लगत्तै अमेरिकाका विभिन्न शहरमा पनि “सेतो बाघ”को प्रर्दशन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*