Monday , 17 December 2018
News update
Home >> Features >> ‘अभियान’ले गर्यो कलाकर्मी लाई सम्मान ।

‘अभियान’ले गर्यो कलाकर्मी लाई सम्मान ।

स बर्षको अभियान सम्मानबाट ९ जना कलाकर्मी सम्मानित भएका छन । अभिनेता कृष्ण मल्ल अध्यक्ष रहेको अभियानले बुधवार कला तथा संस्कृति क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलकर्मीलाई सम्मान गरेको हो । abhiyan samman_2071सम्मानित हुनेहरुमा सँगीतकार शम्भुजित बाँस्कोटा, अभिनेता विश्व बस्नेत, अभिनेत्री दिपाश्री निरौला, कलाकार पुरन जोशी, छयाँकार जयसिहं शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, गायक आनन्द कार्की, गायिका कोमल वली र गीतकार देवेन गिरी रहेका छन ।
नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत रहेका बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा अभियान रत्न सम्मान बाट सम्मानित भएका हुन । अन्य आठ जना कलाकर्मी भने अभियान श्री सम्मानबाट सम्मानित भएका हुन ।
रसियन कला सेन्टर कमलपोखरीमा एक समारोहका बीच गरिएको सम्मान कार्यक्रममा गृहमन्त्री तथा उपप्रधानमन्त्री बामदेव गौतम प्रमुख अतिथि रहेको थियो । सम्मानित हुनेहरुलाई मन्त्री गौतमले सम्मान पत्र वितरण गरेका थिए ।
अभियानले हरेक बर्ष विभिन्न कलाकर्मीलाई सम्मान गर्दै आएको छ ।abhiyan samman1_2071

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*