Tuesday , 11 December 2018
News update
Home >> kollywood >> ’कैले स्याड फेस कैले ब्याड फेस’। ‘तथास्तु’ गीत रिलिज ।

’कैले स्याड फेस कैले ब्याड फेस’। ‘तथास्तु’ गीत रिलिज ।

याँ चलचित्र तथास्तु को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कैले माया स्याड फेस कैले माया ब्याड फेस’ बोलको गीत बुधबार युटुबमा सार्वजनिक गरिएको हो । गीतमा नायिका रेखा थापा र नायक किशोर खतिवडाले खुलेर नाचेका छन । rekha_thapa_thatastuuबसन्त सापकोटाको सँगीत रहेको यो डान्सिङ नम्बरमा प्रल्हाद तिमिल्सिना र मिलन आमात्यको स्वर रहेको छ ।
नारी प्रधान फिल्म तथास्तुलाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा रेखा र किशोरको अतिरिक्त सुवास थापा, विज्ञान जोशी लगायतका कलाकारहरुको पनि महत्वपुर्ण भुमिका छ ।
जगदिश्वर थापाको लेखन रहेको फिल्ममा बाबु श्रेष्ठको छयांकन, रोशन श्रेष्ठको द्धन्द तथा बसन्त सापकोटाको सँगीत रहेको छ । फिल्मलाई रामहरी धिताल र राजेन्द्र जोशीसँग मिलेर स्वयम निर्देशक सविरले निर्माण गरेका हुन ।
फिल्मको रिलिज मिति आगमी पौष २५ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*