Wednesday , 12 December 2018
News update
Home >> kollywood >> ‘लज्जा’को नया गीत सार्वजनिक (भिडियो सहित )

‘लज्जा’को नया गीत सार्वजनिक (भिडियो सहित )

निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’ को प्रदर्शनको मिति नजिकिंदै गर्दा चलचित्रको प्रचार प्रसार सगै चलचित्रको गीत संगीत र ट्रेलर धमाधम सार्वजनिक गरिदै छ ।चलचित्र ‘लज्जा’ मा समावेश ‘तिमी गीत हौ कि कहानी’ बोलको सार्वजनिक गरिएको छ । किरण खरेलको शब्द रहेको सार्वजनिक गीतलाई दीपक लिम्बु र जुनु रिजालको स्वरमा चेतन सापकोटाको संगीतमा तयार पारिएको हो ।
Lajja nepali movie-inकात्तिक ७ गते देखि बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जा’को यस अघि सार्वजनिक गरिएको चलचित्रको ट्रेलर र चलचित्रको गीत संगीतले अहिले बजारमा राम्रै चर्चा पाउन थालेको छ । नवल नेपाल निर्देशित चलचित्र ‘लज्जा’ नारी संवेदनामा आधारित छ ।चलचित्रमा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवला गौतम लगायतको अभिनय रहेको छ । चलचित्र “लज्जा”लाई छविराज प्रोडक्सनको ब्यानरमा दिजेन्द्र शाक्यले निर्माण गरेका हुन ।चलचित्रमा कविराज गहतराजको नूत्य , मदन कस्यप घिमिरेको छायांकन ,चन्द्र पन्तको फाईट तथा अनन्त थपलियाको सम्पादन रहेको छ ।
गीत हेर्नुहोश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*