Saturday , 20 October 2018
News update
Home >> kollywood >> देशभर “लज्जा” को उत्कृष्ट ओपनिङ कलेक्सन । फिल्ममा दर्शकको ताली र सिटि

देशभर “लज्जा” को उत्कृष्ट ओपनिङ कलेक्सन । फिल्ममा दर्शकको ताली र सिटि

आज शुक्रबार बाट प्रर्दशन आएको चलचित्र “लज्जा”ले राम्रो ओपनिङ गरेको छ । देशका प्रमुख सहरका ६० भन्दा बडी सिनेमा घरमा रिलिज गरिएको चलचित्रले धेरै हलहरुमा ८० प्रतिशत माथिको ओपनिङ कलेक्सन गर्न सफल भएको छ ।काठमाण्डौ,पोखरा ,चितवन ,धरान लगायतको ठाउमा चलचित्रले उत्कृष्ट कलेक्सन गरेको छ ।पूर्व धरानमा रहेका रंग पत्रकार अर्पण ढकालले पूर्वमा चलचित्र “लज्जा” ले शुक्रबार राम्रो ओपनिङ गर्नुको साथै दर्शकले चलचित्र एकदम मन परेको प्रतिक्रिया दिएको बताउनु भयो ।तेस्तै पोखराका रंग पत्रकार सुसन घिमिरेको अनुसार पनि आज पोखरामा “लज्जा “ले दर्शकको राम्रो साथ पाउनुको साथै राम्रो व्यापार गर्न सफल भएको जानकारी दिनु भयो ।तेस्तै चितवन पनि चलचित्र “लज्जा “आज राम्रो सुरुवात गरेको छ ।
lazza-final1शुक्रबार  चितवनमा चलचित्र हेरेका दर्शकले चलचित्र एउटा राम्रो चलचित्र भनेको भन्दै चलचित्र हेरेर आफ्नो पैसा असुल भएको समेत भन्न पछि परेनन ।आज चितवनको इन्द्रदेव हलमा भेटिएका चलचित्र वितरक बिक्रम पराजुलीले चलचित्र “लज्जा ” हेर्दा दर्शकको ताली र सिटिले पनि चलचित्र कस्तो बनेको सजिलै थाहा पाउन सकिने भन्दै चलचित्र “लज्जा “को ओपनिङ कलेक्सन र दर्शकको प्रतिक्रियाले चलचित्र चल्ने बताउनु भयो ।पराजुलीले यसरि धेरै पछि नेपाली फिल्ममा दर्शकको ताली र सिटि सुन्न पाएको भन्दै चलचित्र “लज्जा ‘एउटा उत्कृष्ट चलचित्र बनेको समेत बताउनु भयो । यता चलचित्र ‘लज्जा”ले काठमाण्डौको हलहरुमा पनि राम्रो ओपनिङ गरेको छ । कलंकी हलमा त् चलचित्र “लज्जा”ले शुक्रबार करिब एक लाखको हाराहारीमा कलेक्सन गरेको हल संचालक मदन शाक्यले नमस्ते फिल्मलाई जानकारी दिनु भयो ।नवल नेपालको निर्देशन रहेको चलचित्र ‘लज्जा’ लाई छविराज प्रोडक्सनको ब्यानरमा दिजेन्द्र शाक्यले निर्माण गरेका हुन ।चलचित्रमा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवला गौतम लगायतको अभिनय रहेको छ ।
Lajja_Trailor realease_in

तेस्तै शुक्रबार बाट प्रर्दशन आएको अर्को चलचित्र  “स्टुपिड मन”ओपनिङ कलेक्सन भने “लज्जा “को भन्दा अलि कम नै देखिएको छ ।चलचित्र हेर्ने दर्शकको राम्रो प्रतिक्रिया पाउन सफल यस चलचित्रको ओपनिङ कलेक्सन कम हुनुमा थोरै हलमा चलचित्र चल्नु अनि दर्शकले चलचित्रको अंगेजी नाममा नै झुक्किनु अनि प्रयाप्त प्रचार प्रसार नहुनु देखिन्छ ।चलचित्र ‘स्टुपिड मन’लाई दिवाकर भट्टराईको निर्देशन गरेका हुन् । फिल्ममा जीवन लुईटेल, चाँदनी शर्मा, ऋतु श्रेष्ठ, मार्टिन खान सँगै प्रस्तुतकर्ता नायक निरज बरालको मुख्य भुमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*