Tuesday , 18 June 2019
News update
Home >> Features >> चैत्र ६ मा ‘धुन’ । यस्तो छ अफिसियल पोस्टर ।

चैत्र ६ मा ‘धुन’ । यस्तो छ अफिसियल पोस्टर ।

सांगितिक प्रेम कथामा आधारित चलचित्र ‘धुन’ चैत्र ६ गतेबाट रिलिज हुने भएको छ । मंगलबार अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएसँगै फिल्मको रिलिज मिति पनि तय गरिएको हो । फर्स्टलुक पोस्टरमा मुख्य कलाकार जीवन लुईंटेल, नीता ढुङ्गाना र मुकेश ढकाललाई फिचर गरिएको छ ।Dhoon-nepali-film1 चलचित्रले सांगितिक प्रेम कथा बोल्ने भएकोले सार्वजनिक पोस्टरबाट समेत संगीत र प्रेमको भाव झल्किन्छ ।
तारा सितारा प्रोडक्शनको व्यानरमा तयार यो सिनेमालाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । पौडेलको यो डेब्यु निर्देशन हो । मालती शाह प्रस्तुतकर्ता रहेको यो सिनेमामा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ ।
फिल्ममा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय रहेको छ । फिल्ममा लक्की सिटौलाको संगीत, चन्द्र पन्तको द्वन्द्व र बिरेन्द्र भट्टको छयांकन रहेको छ ।Dhoon-nepali-film2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*