Sunday , 16 December 2018
News update
Home >> bollywood >> हिन्दी फिल्ममा अक्षयकुमारसँग नेपाल प्रहरी । भिडियो ।

हिन्दी फिल्ममा अक्षयकुमारसँग नेपाल प्रहरी । भिडियो ।

सिनेमामा प्रहरीको बर्दी सामन्य भैसक्यो । नेपाल प्रहरीको बर्दी प्रयोग नभएको नेपाली फिल्म कमै मात्र बन्छन । तर अब नेपाल प्रहरीको बर्दी नेपाली फिल्ममा मात्र हैन, हिन्दी फिल्ममा पनि देखिने भएको छ । बलिउडका एक्सन स्टार अक्षयकुमारको नयाँ फिल्ममा उनी नेपाली प्रहरीहरुको साथमा देखिनेछन । akshay-moss_112114090820अक्षय ले हालै ट्वीट गर्दै नेपाल प्रहरीको बर्दि लगाएका जवानहरुसहितको आफ्नो तस्वीर सार्वजनिक गरे । उक्त तस्वीर फिल्म बेबीका लागी भक्तपुर दरबार स्क्वायरमा लिइएको बुझिएको छ । जुन तस्वीरलाई उनले फिल्म बेबीको प्रमोशनको संज्ञा दिएका छन । तस्वीरसँगै अक्षयले फिल्मको फस्टलुक ट्रेलर पनि लन्च गरेका छन । जुन ट्रेलर छोटो समयमा नै युटुबमा अत्याधिक हेरिएको छ ।
फिल्म बेबी को केही दृश्य नेपालमा छयांकन गरिएको थियो । होटल हायात, भक्तपुर दरबार स्क्वायर, ठमेल लगायतका केही स्थानमा केहि महिनाअघि फिल्म खिचिएको हो । जसका लागी अक्षयकुमार स्वयम नेपाल आएका थिए । उनीसँगै नयिका तपसी पन्नु, निर्देशक निरज पाण्डे लगायतको जम्बो टोली नै काठमण्डौ आएका थिए ।
फिल्म नेपालसँगै भारत, टर्की, दुबई, ओमान लगायतको स्थानमा खिचिएको हो । फिल्मको विश्वब्यापी प्रदर्शन मिति अगामी जनवरी २३ तोकिएको छ ।

फस्टलुक हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*