Saturday , 20 October 2018
News update
Home >> Features >> शुभमुहुर्तसँगै ‘हाउ फन्नी’ छयांकन सुरु ।

शुभमुहुर्तसँगै ‘हाउ फन्नी’ छयांकन सुरु ।

लचित्र ‘हाउ फन्नी’को शुभमुहुर्तसँगै छयांकन थालिएको छ । शनिबार एभरेष्ट चाइल्ड केयर होम बनस्थलीमा फिल्मको मुहुर्त शट खिचियो । मुहुर्त शटस्वरुप नयिका निशा अधिकारीबाट चाइल्ड केयरको बच्चालाई किताब, कपि तथा कलम बितरण गरिएको दृश्य खिचिएको हो । How-funny2फिल्मको बारेमा बोल्दै निर्मात्री तथा पुर्व मिस नेपाल मल्भिका सुब्बाले केहि नयाँ प्रयाश गरेको बताए । उनले फिल्मको कथा पुरानै तर प्रस्तुति नयाँ भएको बताउदै फिल्म हेर्दा दर्शकको पैसा र समय सदुपयोग हुने ग्यारेन्टी गरिन ।
त्यस्तै यसै फिल्मबाट निर्देशक बन्न लागेकी निलु डोल्मा शेर्पाले अत्यन्त एक्साइटेड रहेको र निकै मिहेनत गरिरहेको बताइन । फिल्मलाई राम्रो बनाउनको लागी कुनै कुरामा सम्झौता नगरेको बताउदै उनले दर्शकलाई नयाँ टेस्ट दिने बाचा गरिन ।How-funny यता नायिका निशा अधिकारीले भने पहिलो शट नै अनाथ बालबालिकालाई पढाईको समाग्री बितरण गर्न पाउँदा रमाइलो अनुभव गरेको बताइन ।
मल्भिका सुब्बा निर्मात्री र निलु डोल्मा शेर्पा निर्देशक रहेको फिल्ममा निशा अधिकारीको अतिरिक्त दयाहाङ राई , प्रियंका कार्की , निशा अधिकारि , केकी अधिकारी , अनुप बिक्रम शाही , शिशिर राणालगायतको अभिनय रहनेछ । फिल्ममा हरि हुमागाईको छयांकन तथा शान बस्न्यातको पटकथा तथा संबाद रहेको छ । How-funny1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*