Tuesday , 18 December 2018
News update
Home >> Features >> सुदर्शन र पुजालाई ‘के गर्दा मिल्छ मिठो पिरती’ हेर्नुहोस (भिडियो सहित )

सुदर्शन र पुजालाई ‘के गर्दा मिल्छ मिठो पिरती’ हेर्नुहोस (भिडियो सहित )

स्व. आलोक नेम्वाङ निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’को नया गीत रिलिज गरिएको छ । सार्वजनिक गरिएको ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीतलाई डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीतमा तयार पारिएको हो । दिपक लिम्बु र शाहिमा श्रेष्ठले स्वर रहेको गीतमा सुदर्शन थापा र पुजा शर्मालाई फिचरिंग गरिएको छ ।
ajhai paniआउदो फाल्गुन १५ गतेबाट अलनेपाल रिलिज हुन लागेको चलचित्र ‘अझै पनि’मा सामाजिक प्रेम कहानीमा आधारित चलचित्र हो ।चलचित्रको यस अघि सार्वजनिक गरिएको गीत “रितो मेरो जिबनमा “बोलको गीत र चलचित्रको ट्रेलरले दर्शक तथा स्रोतको मन जित्न सफल भएको छ ।
सुदर्शन थापा प्रडक्शनको प्रस्तुती तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा बनेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्त,विजय लामा, बिशाल ढूङगाना, रामशरण्ँ पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन , प्रितम पाण्डेको सम्पादन ,अस्ट महर्जनको एक्शन, महेश खड्का, हरी लम्साल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*