Saturday , 20 October 2018
News update
Home >> Features >> ‘नाईं नभन्नु ल ३’को टाइटल गीत सार्वजनिक ( भिडियो सहित )

‘नाईं नभन्नु ल ३’को टाइटल गीत सार्वजनिक ( भिडियो सहित )

सुपर हिट चलचित्र ‘नाईं नभन्नु ल ‘ र ‘नाईं नभन्नु ल २’ को अर्को सिक्वेल चलचित्र ‘नाईं नभन्नु ल ३’को गीत सार्वजनिक गरिएको छ । यस अघिको चलचित्र गीत संगीतले हिट भएकोले सिक्वेल चलचित्र ‘नाईं नभन्नु ल ३’ पनि गीत संगीतले चलचित्र चल्ने अनुमान गरिएको छ ।
nai n vannu la3चलचित्रको सार्वजनिक टाइटल गीत नाईं नभन्नु ल “लाई राजेश पायल राई, रजिना रिमाल र संयोग योगीको स्वरमा बसन्त सापकोटा शब्द तथा संगीतमा तयार पारिएको हो ।कविराज गहतराजको नूत्य निर्देशनको यस गीतमा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईंटेल र सुरज सिंह ठकुरीलाई फिचारिंग गरिएको छ ।
nai n vannulaनयाँँ बर्षको अबसरमा चैत्र २७ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘नाईं नभन्नु ल ३’लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । मुस्कान ‘नाइ नभन्नु ल २’ मा मुख्य सहायक निर्देशक थिए ।‘नाईं नभन्नू ल ३’ मा विकास आचार्य र दिनेश कुमार पोखरेलको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*