Monday , 17 December 2018
News update
Home >> Features >> हिरो बिकि मल्लले गरे गुपचूप विवाह ।

हिरो बिकि मल्लले गरे गुपचूप विवाह ।

bikki-and-bhumika1फिल्म ‘समय’ बाट रजतपट डेब्यु हिरो बिकि मल्लले गोप्य रुपमै विवाह गरेका छन । उनले प्रेमिका भुमिकासिहं ठकुरीलाई प्रेम दिवसको दिन भगाएर विवाह गरेको बुझिएको छ ।
अभिनेत्री मौसमी मल्ल पुत्र बिकि र भुमिका बिच लामो समयदेखिको अफेयर थियो । भुमिकाको परिवारबाट उमेर सानै भएका कारण विवाहको लागी स्विकृति नदिइएपछि भगाएको बिकिले बताएका छन ।
बिकीलाई भागेर विवाह गर्न आमा मौसमीले साथ दिएकी छिन । आमाकै सहयोगमा प्रेमिकासँग विहे गरेको बिकि स्वयमले बताएका छन । अब छिट्टै सार्वजनिक रुपमा बिहेभोज दिइने बिकिले बताए ।
बिकिले ‘समय’पछि ‘नागबेली’ र ‘साइकल’ फिल्ममा अभिनय गरेका छन । प्रदर्शन भइसकेको ‘समय’ र ‘नागबेली’ नचलेपछि बिकि खासै फिल्म क्षेत्रमा चम्किएका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*