Saturday , 20 October 2018
News update
Home >> Features >> श्रीकृष्ण श्रेष्ठको सपना पुरा गर्दै भतिज सञ्जय ।

श्रीकृष्ण श्रेष्ठको सपना पुरा गर्दै भतिज सञ्जय ।

shreekrishna-shrestha and sanjay shresthaदिवंगत हिरो श्रीकृष्ण श्रेष्ठ पुस्ता हस्तान्तरण गर्न चाहन्थे । उनले बेलाबेलामा यसबारेमा मिडियामा पनि भन्ने गरेका थिए । उनको सपनाजस्तै चाहना थियो भतिज सञ्जय श्रेष्ठलाई फिल्म उद्योगमा स्थापित गराउनु ।
तर उनको त्यो चाहना पुरा हुन सकेन । उनी भतिजलाई हिरो भएको हेर्न नपाइकनै दिवंगत हुन पुगे । उनले सञ्जयलाई आफुद्धरा निर्मित फिल्म ‘कोहिनुर’मा सानो भुमिका दिएका थिए । यसलाई उनले भतिज सञ्जयको अभिनयमा ट्रायलको रुपमा हेरेका थिए ।
उनले दाई श्याम श्रेष्ठको छोरा सञ्जयको ट्रायल त हेरे तर हिरो भएको हेर्ने चाहना भने अधुरै रह्यो । त्यसैले भतिज सञ्जयलाई पनि फिल्म एउटा चुनौति बन्यो । श्री कै खातिर केहि गर्नुपर्छ भन्ने जोश सञ्जयमा यतिबेला छ । त्यसैले गौशलाको होटल इन्द्रेणीका म्यानेजर सञ्जय अब हिरो बन्ने तयारीमा छन ।
आज शनिबारबाट सुटिङ थालिने फिल्म ‘स्काउट’मा सञ्जयले एक महत्वपुर्ण भुमिकामा अभिनय गर्नेछन । पर्दामा उनको भुमिका निकै शसक्त र महत्वपुर्ण रहने बताइएको छ । इन्टरभल भन्दा केहि अगाडिदेखि पर्दामा देखिने सञ्जय फिल्मको क्लाइमेक्ससम्म फिल्ममा छाउनेछ ।
स्काउटलाई श्रीकृष्ण निकट बितरक केदार पराजुली र निर्माता मधुकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन । फिल्मलाई गोविन्द गौतमले निर्देशन गर्दैछन । फिल्ममा सञ्जयसंगै गरिमा पन्त, कुशल थापा, शशि रावल लगायतको अभिनय रहनेछ । फिल्मको शुक्रबार मुहुर्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*