Tuesday , 18 December 2018
News update
Home >> Features >> ‘घन्टी बज्यो’ गीतकारले बालिका बलात्कार गरेपछि ।

‘घन्टी बज्यो’ गीतकारले बालिका बलात्कार गरेपछि ।

dinesh-subedi1 गीतकार दिनेश सुवेदी बिस्तारै चर्चामा आउँदै थिए । पछिल्लो समय उनले लेखेका फिल्म ‘हवल्दार सुन्तली’को ‘घन्टी बज्यो’ गीतले पनि बजारमा चर्चा बटुल्दै थियो ।
त्यतिमात्र हैन उनले लेखेका ‘हिम्मतवाली’को ‘मलाइ पागल बनाउने’, ‘जन्जिर’को ‘किन यस्तो’ लगायत अन्य फिल्मका गीतहरुले पनि उनलाई गीतकारको परिचय दिइसकेका थिए ।
तर उनले यसरी बर्षौ लगाएर सर्जकको रुपमा कमाएको इज्जत क्षणभरमै माटोमा मिलेको छ । उनलाई बलात्कारको आरोपमा गाँउलेहरुले कालोमोसो दलेर कुटपीट गरेका छन ।
पेशाले सेती गणेश निमावि पालुङ, मकवानपुरका शिक्षक रहेका उनले सोहि स्कुलका एक ९ बर्षीय बालिकामाथी बलात्कार गरेको आरोप छ । यसबारेमा उनले केहि बोल्न नसक्नुले पनि उनले बलात्कार गरेको प्रमाणित हुन्छ ।
केहि दिनअघि आफ्नै बिद्यार्थी बालिकालाई बलात्कार गरेका उनले फकाएर घट्ना लुकाउने प्रयास गरेका थिए । तर अभिभावकले थाहा पाएपछि उनलाई कालोमोसो दलेर पक्राऊ गरेको हो । बुधबार गाउलेको आक्रमणबाट बचाउन खोज्दा प्रहरी र स्थानियबीच झडपसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*