नायिका नम्रता योगीले तह लगाइन नायक सविनलाई Posted by: namastefilmy March 13, 2015 राजेन्द्र कार्की÷काठमाडौं सायद कस्तो हुन्थ्यो होला यो संसार कल्पना गरे जति सबै सत्य भइदिए । तर के गर्नु कल्पना भनेको कल्पना नै हो । त्यस्तै कल्पना थियो नायिका नम्रता योगीको पनि । बिचरा सविन रातो दिन लागु पदार्थको नशामा लागेर आफू त विग्रीयो विग्रीयो, उसले परिवार, समाज र नजानिँदो तरिकाले राष्ट्रलाई नै बर्वादी तर्फ उन्मुख गराइरहेको थियो । तर यस्ता विसंगती र कसैको बेदनाहरु सबैले लाचार भएर कुखुराले सुन पचाए झैं पचाइ दिन सक्दा रहेन छन् । कठै उनको यो कारुणीय अवस्था र अन्धकार भविष्यको लागि सार्थक प्रयास बनेर आइन नायिका नम्रता योगी । हो उनले लागु पदार्थको कुलतमा लट्ठीदैं आफ्नो दैनिकी अरुको लागि समेत उराठ लाग्दो बनाइसकेका नायक सविन श्रेष्ठलाई सार्थक प्रयासको वाबजुद एउटा सभ्य नागरिकको रुपमा सानले जीउने बातावरणको निर्माण गरिदिइन । धन्य छ नम्रता जी । सबैको मनमा उब्जेका यस्ता सकारात्मक चहानालाई परोपकारमा बदल्न सके यो सम्पुर्ण संसार मानव योग्य रहँन्थ्यो । तर नायिका नम्रताले जे गरिन एउटा नेपाली चलचित्र “नशा”को आफ्नो चारित्रिक भूमिका निर्वाहको खातिर गरिन । तर शौम्य र भद्र परिचय लिएर मोडल हुँदै नायिकाको भूमिका निर्वाह गर्ने अवसर पाएकी उनले वास्तविक जीवनमा समेत यसै क्रियाकलापलाई उर्तान सक्दिनन् भन्न सकिन्न । “नशा” नायिका नम्रताको पहिलो अभिनित चलचित्र हो । दुइ दर्जन भन्दा बढी म्यूजिक भिडियोमा राम्रो प्रस्तुती गरिसकेकी नायिका नम्रताले अझै राम्रो गर्न सकुन मात्र होइन वास्तविक जीवनमा समेत उनको यसै भूमिका हेर्ने आशामा उनका प्रशंसक तथा शुभचिन्तकहरु रहेका छन । चलचित्र नशा भने समिर मियाँको निर्देशनमा प्रस्तुत चलचित्र हो । यसका नायक सविन श्रेष्ठ रहेका छन । पूर्वी नेपालका भूभागमा छायाँकन गरिएको यस चलचित्र दशैको छेको पारेर रिलिजको तयारी भइरहेको छ । 2015-03-13 namastefilmy Share ! tweet