Monday , 24 September 2018
News update
Home >> Features >> गायिका रजिना रिमाल बैवाहिक बन्धनमा ।

गायिका रजिना रिमाल बैवाहिक बन्धनमा ।

Rajina-marriedनेपाली सुगम सँगीत तथा पाश्र्वगायनमा स्थापित गायिका रजिना रिमाल बैबाहिक बन्धनमा बाँधिएकी छिन । उनले मंगलबार राजधानी निवासी बिनोद श्रेष्ठसँग लगनगाँठो कसेकी हुन ।
बिनोद बागबजारस्थित श्रेष्ठ टेलरिङका सञ्चालक हुन । उनीहरुबीच प्रेम विवाह भएको हो । अन्तरर्जातिय विवाह भएपनि दुवैतर्फको परिवारको सहमतिमै हिन्दु परम्पराअनुसार उनीहरुको विवाह भएको थियो ।
पाश्र्वगायनमा अन्जु पन्तले एकछत्र राज गरिरहेका बेला रजिनाले उनलाई टक्कर दिएकी थिइन । रजिनाले फिल्म नाई नभन्नु ल को गीत चलेसँगै ब्याक टु ब्याक सुपरहिट गीतहरुले दिएकी थिइन ।
६ सयभन्दा बढि गीतमा स्वर दिएकी रजिनाले कयौ आधुनिक गीतमा समेत स्वर दिएकी छिन । बिहेपछि पनि उनी सँगीतमा निरन्तर लाग्ने बताएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*