हेटौडामा नालापानीको छायांकन हुने Posted by: namastefilmy July 12, 2015 श्रीराम अर्जुन हेटौडा पछिल्लो समय चलचित्र छायांकनको लागि सबैको नजरमा पर्न थालेको हेटौडामा अहिले धेरै चलचित्रको सुटिंग हुन थालेको छ ।नालापानीको युद्दलाई कथावस्तु बनाइएको नेपाली चलचित्र “नालापानी” हेटौडामा नै छायांकन भएको छ । चलचित्र नालापानीमा नालापानीको युद्दमा नेपालीले देखाइएको विरताको कथा रहेको निमार्ण पक्षले बताए । गत वैशाखमा छायांकन गरिने भनिए पनि भुकम्पको कारण पछि सरेको निमार्ता रिमेश अधिकारीले जानकारी गराउनुभयो । स्क्रिप्ट लेखक शिवम् अधिकारीको निर्देशनमा बन्न लागको यस नालापानीमा राजेश हमाल, नवल खड्का, सबिन श्रेष्ठ, गणेश गिरी, सुजना ढकाल, भवानी रेग्मी, रामकुमार जोशी लगाएका कलाकारको अभिनय रहनेछ ।कलाकार पहिले नै तय भएता पनि नायिका सुजना ढकाल चाहिँ केहि समय अघि अनुबन्ध भएकी छिन्, । उनले यस अघि “आवारा” र “प्रेमी” नामक चलचित्रमा काम गरिसकेकि छिन्, । उनले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गर्दै छिन्, । भदौका पहिलो साताबाट चलचित्र हेटौडाको मकवानपुरगढि सगै अन्य बिभिन्न स्थानमा खिचिने निर्देशक अधिकारीले बताए । मणि थापाको संगीत रहने यस फिल्मलाई रामेश्वर कार्कीले खिच्ने भएका छन्, । 2015-07-12 namastefilmy Share ! tweet