Monday , 17 December 2018
News update
Home >> Features >> स्व.दीपक रायमाझीको अन्तिम चलचित्र ‘चाँडै आऊ है’ साउन २९ बाट प्रदर्शनमा

स्व.दीपक रायमाझीको अन्तिम चलचित्र ‘चाँडै आऊ है’ साउन २९ बाट प्रदर्शनमा

chadai farki aauस्व. दीपक रायमाझीको अन्तिम निर्देशन रहेको चलचित्र ‘चाँडै आऊ है’ यही साउन २९ गतेबाट प्रदर्शनमा आउदै छ। केहि बर्ष अगाडी जाजरकोटमा फैलिएको झाडापखाला को महामारी तथा बैदेशिक रोजगारीले निम्ताएको पीडाको कथामा बनेको यो सिनेमा बिसुद्ध नेपाली परिवेश र परिवार संग बसेर हेर्न मिल्ने फिल्म बनेको निर्माण पक्षले बताएको छ। चाँडै आऊ है’मा सुमन सिंह ,झरना थापा, आयुब केसी र नीता ढुंगाना प्रमुख भूमिकामा देखिने छन्।केहि बर्ष अगाडी नै निर्माण भई बिबिध कारण बस ढिला रिलिज हुन् गएको यो सिनेमालाई डेबिड श्रेष्ठको प्रस्तुतिमा महेश स्थापितले निर्माण गरेका हुन् ।प्रदर्शनपूर्व साउन २२ गते भूकम्प पीडितहरुको सहयोगार्थ बिशेष च्यारिटी–शो हुदै छ । चेतन सापकोटाको संगीत रहेको यो सिनेमालाई दिब्य सुबेदीले खिचेका हुन् भने राजु शाहको नृत्य निर्देशन रहेको छ ।चलचित्र काठमाडौ र काठमाडौ बाहिरका झन्डै ७० हलहरुबाट एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*