Wednesday , 12 December 2018
News update
Home >> Features >> देश दौडाहामा ‘वडा नं. ६’ । चितवनमा प्रेस मिट ।

देश दौडाहामा ‘वडा नं. ६’ । चितवनमा प्रेस मिट ।

Oda-number-6चितवन । प्रतिक्षित फिल्म ‘वडा नं. ६’ युनिट देश दौडाहामा निस्किएको छ । आइतबार निर्देशक दिनेश डिसीसँगै फिल्मका निर्माता तथा कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौला मोफसल यात्रामा निस्किएका हुन ।
उनीहरुले आइतबार नै पोखरा, दमौली र नारायणगढमा पत्रकार भेटघाट पनि गरेका छन । पत्रकार भेटघाटका क्रममा उनीहरुले फिल्मको बारेमा जानकारी दिनुका साथै फिल्म राम्रो बनेको बताए ।
नारायणगढमा गरिएको पत्रकार सम्मेलनका क्रममा बोल्दै दिपाश्रीले फिल्म पुर्ण रुपले समाजिक कथामा बनेको बताइन । उनले हास्यकलाकारले बनाएको भए पनि फिल्म कमेडि नभएको बताइन ।Oda-number-6-in1दिपक ले फिल्म निकै मिहेनतका साथ बनाएकाले राम्रो बनेको बताए । ‘६ एकान ६’ ले पाएको सफलता दोहोरिनेमा उनले बिश्वास ब्यक्त गरे । उनीहरुसँगै रहेका दिनेश डिसीले पनि दिपक र दिपाले दर्शकको चाहना बुझेर फिल्म बनाउने भएकाले वडा नं. ६ राम्रो बनेको दाबी गरे ।
यसैबीच ६ एकान ६ को सफलतासँगै दिपक दिपासँग चिसिएको दिनेशको सम्बन्ध पनि सुधारिएको देखियो । उनीहरुले भने आफुहरु कहिल्यै रुष्ट नभएको र सम्बन्ध सधै सुमधुर रहेको बताए ।Oda-number-6-in‘वडा नं. ६’ आउदो असोज १ गतेबाट रिलिजको तयारीमा रहेको छ । फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन । दिपक र दिपासँगै निर्मल शर्मा फिल्मका निर्माता हुन । फिल्ममा दिपक, दिपा सँगै जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई, प्रियंका कार्की, विल्सन बिक्रम राई, नीर शाह लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*