Tuesday , 11 December 2018
News update
Home >> Features >> सुमनले बनाउने भए दोस्रो चलचित्र

सुमनले बनाउने भए दोस्रो चलचित्र

अर्पण ढकाल
पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा नया निर्माताको प्रवेश हुने क्रमबढी रहेको छ ।कतिपय निर्माता चलचित्र असफल हुन साथ यस क्षेत्र बाट पलायन भएका छन् भने केहिले असफलत बाट पाठ सिकेर थप मेहनतका साथ अर्को चलचित्र निर्माणमा ब्यस्त भैरहेका छन् ।यस्तै निर्माता मध्य एक हुन् सुमन बिष्ट ।चलचित्र दमदार निर्माण गरेर नेपाली सिने क्षेत्रमा निर्माताको ट्याग भिरेका सुमन बिष्ट यतिबेला अर्को चलचित्रको निर्माणमा लाग्ने भएका छन् ।
sumanयति बेला अमेरिकामा रहेका सुमन उतै रहेका आफ्ना साथी दिपक लिम्बु संग सहकार्य गरेर नया चलचित्र निर्माण गर्न लागेका हुन् ।अमेरिकामा हाल सालै आयोजना भएको अन्तरास्ट्रिय चलचित्र महोत्सव “फेस्टिबल अफ ग्लोब” मा बिशेष अतिथिको रुपमा सहभागी हुन उनि अमेरिका पुगेका थिए ।नेपाली चलचित्रलाइ प्रतिनिधित्व गर्दै अमेरिका पुगेका उनि यतिबेला उतै आयोजना भैरहेका विभिन्न कार्यक्रममा भाग लिदै आफ्नो अर्को प्रोजेक्टको प्रि-प्रोडक्सनमा समेत ब्यस्त रहेका छन् ।नायकको रुपमा आर्यन सिग्देललाइ अनुबन्धित गरिसकेको बताउदै चलचित्रको लागि नव नायिका खोजिरहेको उनले जानकारी गराए ।असोजको दोस्रो साता नेपाल आएर तिहार लगतै नाम तय भैनसकेको आफ्नो दोस्रो चलचित्रको छायांकन सुरु हुने जानकारी अनलाइन कुराकानीमा क्रममा उनले गराएका छन् ।कान्जिरोवा मिडियाको ब्यानरमा निर्माण हुने चलचित्रमा आफुले निर्माण गरेको पहिलो चलचित्रको अनुभवलाइ लिएर उत्कृष्ट चलचित्र निर्माण गर्ने उनले बताए ।काठमाडौँमा हब एडुकेशनका संचालक समेत रहेका सुमन शैक्षिक परामर्शदाताको रुपमा सफल छाप छोड्न सफल भैसकेका छन् /आफ्नो सो व्यवसाय संगै चलचित्र निर्माणमा समेत निरन्तर जुटिरहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*