Saturday , 20 October 2018
News update
Home >> Features >> रोज राणाको कमब्याक । नयाँ फिल्म बनाउँदै

रोज राणाको कमब्याक । नयाँ फिल्म बनाउँदै

roj-rana-nepali producerकेहि बर्षअघिसम्म फिल्म निर्माण र अभिनयमा निकै ख्याति कमाएका रोज राणा पछिल्लो समय सुस्ताए । फिल्म ‘म छु नि तिम्रो’ ले राम्रो ब्यापार नगरेपछि एकाएक सुस्ताएका उनी पुन फिल्ममा फर्किदैछन ।
रोजले नयाँ फिल्मको तयारी थालेका छन । अष्ट्रेलियामा बस्ने एनआरएन मिलन श्रेष्ठलाई पार्टनर बनाउदै उनले नयाँ फिल्मको तयारी थालेका हुन । नयाँ फिल्म पुर्णतय प्रेम कथा मा अधारित रहनेछ ।
फिल्ममा नयाँ पुराना कलाकारको संयोजन रहने उनले बताए । निकै अध्ययन गरेर र दर्शकको चाहना बुझेर नयाँ फिल्म निर्माणको तयारी गरेको उनको भनाई छ ।
फिल्ममा उनले संगीतकार महेश खडकालाई लिएका छन । केहि बर्ष अघिसम्म निकै चर्चित संगीतकार खड्का पनि रोजजस्तै पछिल्लो समय सुस्ताएका थिए । नयाँ फिल्मले दुवैको स्टारडम फर्कने रोजको बिश्वास छ ।
फिल्मको नाम तथा निर्देशक केहि दिनपछि सार्वजनिक गरिनेछ । योसँगै रोजले पछिल्लो पटक निर्माण गर्ने भनिएको हिरोइन पुर्ण रुपमा स्थगित गरिएको छ । अब यो फिल्म लगभग नबन्ने पक्का भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*