Tuesday , 18 December 2018
News update
Home >> Features >> तीजको दिन ‘लभ सब’ हेर्न दर्शकको महासागर । मोफसलमा ओभरफ्लो

तीजको दिन ‘लभ सब’ हेर्न दर्शकको महासागर । मोफसलमा ओभरफ्लो

luvsab-darshak1बुधवार हिन्दु नारीहरुको महान चाड तीजको दिन । प्रदर्शनरत फिल्म ‘लभ सब’ लाई चिठ्ठा परे जस्तै परेको छ । अरु दिन दर्शकको राम्रै साथ पाइरहेको फिल्मलाई हेर्न बुधबार दर्शकको महासागर नै उर्लिएको छ ।
बुधबारको पहिलो शो मा मोफसलका सबै हलहरुमा कोचाकोच दर्शक देखिए । नारायणगढको इन्द्रदेव चलचित्र मन्दिर र गणेश चलचित्र मन्दिरमा दर्शक अटाएनन् । कतिपय दर्शकलले सीट नपुगेर भुइमै बसेर फिल्म हेरे भने कतिपय अर्को शो को प्रतिक्षामा बस्नुपरेको हल सञ्चालकले बताए । luvsab-darshak2
यस्तै हेटौडाको ओम र ओम्याक्स मा पनि दर्शकको त्यस्तै चाप देखिएको छ । दर्शकले सीट नपाएको र दोस्रो शो को लागि टिकट लिएर पर्खिएका थिए । यसबाहेक पोखरा सँगै पुर्वका हलहरुमा पनि फिल्म हेर्न दर्शकको भीड देखिए ।
राजधानीमा पनि फिल्म हेर्न दर्शकको घुइचो  देखियो । बुधबार तीजको विदाका कारण र अगाडि नै फिल्म हेरेका दर्शकको माउथ पब्लिसिटीका कारण फिल्म हेर्न दर्शक उर्लिएको हल सञ्चालकहरु बताउछन । फिल्मले बुधबार मात्रै ५० लाख कलेक्सन गर्न सक्ने अनुमान छ ।
हिट फिल्मको सुचिमा अटाइसकेको लभ सब टिनएज लभस्टोरी हो । देवकुमार श्रेष्ठ निर्देशित फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*