Tuesday , 18 December 2018
News update
Home >> Features >> टंंकलाई बडा दशै आयो ।

टंंकलाई बडा दशै आयो ।

tanka budhathokiबडा दशै आउन अझै केहि साता बाँकि नै छ । तर पाश्र्व गायनमा चिनिएका टंक बुढाथोकिलाई भने दशै आइसकेको छ । उनले बिजयादशमीमा लगाइने टिका जमरा अहिल्यै लगाइसकेका छन भने गीत गाउदै पिङ पनि खेलिसकेका छन ।
खासमा उनले उनको दशैको गीत बडा दशै आयोमा यसरी दशै मनाएका हुन । गीतको हालै भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा कलाकारहरुले खुलेरै दशै मनाएका छन । टंककै स्वर, सँगीत रहेको गीतमा सरु गौतमले उनलाई साथ दिएकी छिन ।
भिडियोमा लोकदोहोरीमा चिनिएका मोडलहरु शंकर बिसी, महेन्द्र गौतम, रश्मी तामाङ लगायत नायिका निता ढुङगाना पनि छिन । उनीहरुले दशैको रमाइलोलाई भिडियोमा जिवन्त पारेका छन ।
टंकले दशैमा छेको मा स्रोतालाई बिशेष उपहारको रुपमा यो गीत ल्याएको बताए । उनले दर्शकको चाहनाअनुसार विभिन्न अवसरमा यस्ता गीतसंगीत ल्याइरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*