Monday , 17 December 2018
News update
Home >> Features >> ‘लुटेरा’ को ट्रेलर रिलिज,हेर्नुहोश निखिलको एक्शन (भिडियो सहित )

‘लुटेरा’ को ट्रेलर रिलिज,हेर्नुहोश निखिलको एक्शन (भिडियो सहित )

तिहारको अबसर परेर कार्तिक २७ गते बाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘लुटेरा’ को ट्रेलर रिलिज भएको छ ।निखिल उप्रेतीको चलचित्रमा डरलाग्दो एक्सनहरु देख्न सकिन्छ । टिजरबाटै निकै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘लुटेरा’ को ट्रेलरले दर्शकलाई सजिलै हल सम्म तान्ने देखिन्छ ।चलचित्रको यस अघि रिलिज गरिएको ‘मैले तिमलाई मन अबस्था’बोलको गीतले पनि राम्रै चर्चा बटुलेको छ ।
lutera-nikhilचलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ ,अनुभब रेग्मी , अमित श्रेष्ठ,प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ ।एक्सन स्टार निखिल उप्रेतीको चलचित्र ‘भैरव’ले पाएको सफलता सगै निखिलको अभिनय रहेको यस चलचित्र `लुटेरा” लाई बहुप्रतिक्षित चलचित्रको रुपमा लिएको छ ।चलचित्रलाई दयाराम दहालले निर्देशन गरेका हुन् ।गोपाल कायस्थको प्रस्तुति रहेको चलचित्र लुटेरालाई बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*