Monday , 15 October 2018
News update
Home >> Features >> प्रतिक्षित फिल्म ‘कबड्डी कबड्डी’को गीत रिलिज

प्रतिक्षित फिल्म ‘कबड्डी कबड्डी’को गीत रिलिज

kabaddi-kabaddi_namastefilmyप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी’को गीत रिलिज गरिएको छ । ‘लपन छपन’ बोलको रोमान्टिक गीत बुधवार युटुबमा राखिएको हो । गीतमा सौगात मल्ल र रिश्मा गुरुङ फिचरिङ छन । यसअघि सार्वजनिक ट्रेलरले चर्चा पाइरहेका बेला गीतले पनि चर्चा पाउने आशा निर्माण युनिटले लिएके छ ।
फिल्म गतबर्षको सुपरहिट कबड्डीको सिक्वेल हो । फिल्मलाई ‘कबड्डी’कै निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन । फिल्ममा उनीसहित ‘कबड्डी’को अधिकांश टीम दोहोरिएका छन । काजी बनेका दयाहाङ राई, सोल्टिनि रिश्मा गुरुङ लगायत थुप्रै  कलाकार फिल्ममा दोहिरिएका हुन ।
‘कबड्डी’मा शहरीयाको भुमिका निभाएका निश्चल बस्नेत भने फिल्ममा अटाएका छैनन् । उनको ठाँऊमा सौगात मल्ल देखिएका छन । फिल्ममा सौगात पनि काजीकै भुमिकामा देखिने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*