Monday , 17 December 2018
News update
Home >> Features >> रेखा र जीवनको चलचित्र “जाउ हिड पोखरा” को ट्रेलर रिलिज (भिडियो सहित )

रेखा र जीवनको चलचित्र “जाउ हिड पोखरा” को ट्रेलर रिलिज (भिडियो सहित )

स्टार नायिका रेखा थापा र जीवन लुइटेलको मुख्य अभिनय रहेको चलचित्र “जाउ हिड पोखरा” को ट्रेलर रिलिज गरिएको छ ।प्रतिक्षित चलचित्र ‘जाऊ हिड पोखरा’ लाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् ।चलचित्र मंसिर ११ गतेदेखी देशभरका ८० भन्दा बढी सिनेमा घरमा एक साथ प्रदर्शनमा आउदै छ ।कमेडी तथा एक्शन चलचित्र ‘जाउ हिड पोखरा’ को सार्वजनिक ट्रेलरमा रेखा थापा र जिवन लुईटेलको एक्सन लगायतका दृश्य देखाइएको छ ।

jau hida pokharaचलचित्रमा रेखा र जीवनको अलवा ,सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ ।सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् । फिल्ममा राजेन्दै खडगीको द्धन्द, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ । त्यस्तै फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*