Tuesday , 18 December 2018
News update
Home >> Features >> सलमानलाई निखिलको टक्कर

सलमानलाई निखिलको टक्कर

Salman_khan Vs NIkhil Upretiहिजो आज अभिनेता निखिल उप्रेतीको चर्चा निकै छ । उनलाई बलिउड स्टार सलमान खानलाई टक्कर दिन सक्ने नेपाली स्टारको रुपमा ब्याख्या गर्न थालिएको छ । कारण निखिल अभिनित पछिल्लो फिल्म ‘लुटेरा’को ब्यापार हो ।
धेरैले अनुमान गरेका थिए, कि ‘लुटेरा’ फिल्म राम्रो हुदा हुदै पनि डुब्न सक्छ । किनकि बुधबार ‘लुटेरा’ रिलिज भएको थियो भने बिहिबार सलमान अभिनित बहुप्रतिक्षित फिल्म ‘प्रेम रतन धन पायो’ रिलिज हुदै थियो । तर अधिकांशको यो अनुमानलाई निखिलको स्टारडमले सत्य हुन दिएन ।
सलमानको फिल्मले ‘लुटेरा’को ब्यापारमा कुनै असर नपारेको बितरक गोपाल कायस्थ बताउछन । उनी फिल्मका प्रस्तुतकर्तासमेत हुन । उनले आफ्नो फिल्मलाई हिन्दी फिल्मले असर नगरेको बताए ।
विभिन्न ६९ वटा हलमा रिलिज यस फिल्मलाई केहि मल्टिप्लेक्स हलमा भने हिन्दीले उछिन्यो । तर राजधानी र मोफसलका सिंगल पर्दामा दर्शकको भीड हिन्दीमा भन्दा ‘लुटेरा’मै बढि रहेको निर्माण टीमको दाबी छ । फिल्मले रिलिजको पहिलो दिनमै ३६ लाखको ग्रस कलेक्सन गर्यो भने हालसम्म करिब डेढ करोड उठाइसकेको छ ।
गह्रुर्गो स्टारडम भएका सलमानको फिल्म हुदाहुदै पनि ‘लुटेरा’ चल्नुको पहिलो श्रेय निखिललाई नै जान्छ । उनको पछिल्लो क्रेज, स्टारडम र दर्शक फलोइङले यो सफलता दिएको हो । यसअघि भैरवमा निकै रुचाएको निखिलको लगतै आएको यो फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।
फिल्मलाई दयाराम दहालले निर्देशन गरेका हुन भने गोपाल कायस्थको प्रस्तुतिमा बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले बनाएका हुन । फिल्ममा निखिलसँगै निशा अधिकारी, प्रियंका कार्की, सबिन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*