Tuesday , 18 December 2018
News update
Home >> bollywood >> आमिरको घरअगाडि प्रदर्शन, पटनामा पोस्टर जलाइयो, सुरक्षा ब्यवस्था कडा

आमिरको घरअगाडि प्रदर्शन, पटनामा पोस्टर जलाइयो, सुरक्षा ब्यवस्था कडा

aamir-khan-(4)_050712112227बलिउड सुपरस्टार आमिर खानको असहिष्णुताबारेको बयानलाई लिएर आधा भारत नै आक्रोशित बनेको छ । उनको बयानले देशको छविमा नै गहिरो धक्का पुगेको भन्दै विजेपी सहितका केहि राजनितिक दलका कार्यकर्ताले प्रदर्शन गरेका हुन ।
मंगलबार आमिर खानको घरबाहिर सयौ बिजेपी कार्यकर्ताले नाराजुलुससहित प्रदर्शन गरेका छन । उनीहरुले आमिरले गलत बोलेको भन्दै उनलाई गाली समेत गरेका थिए । विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेपछि उनको घर वरपर मुम्बई प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । प्रहरीले सयौ संख्यामा सुरक्षा दिइरहेको बताइएको छ ।aamir_bjpयता पटनामा आमिर खानको पोस्टर जलाइएको छ । विजेपी कार्यकर्ताले उनको पोस्टर च्यात्ने र जलाउने गरेका छन । त्यस्तै दिल्लीमा आमिरबिरुद्ध शिकायत दर्ता गरिएको छ । आमिरको भनाईले लाखौ मानिसको दिलमा ठेस पुगेको भन्दै उनलाई कारबाहिको माग गरिएको हो ।
इलाहावादमा पनि आमिर बिरुद्ध नाराबाजीसहित प्रदर्शन भएको छ । त्यस्तै हिन्दु सेनाले पनि आमिरको घर पुगेर उनीबिरुद्ध नाराबाजी गरेका छन।
आमिरले सोमबार असहिष्णुताको आन्दोलनले दिक्दार भएपछि श्रीमतिले देश छाडुने सल्लाह दिएको बताएका थिए । उनको यहि भनाईलाई लिएर अहिले भारतमा समर्थन र बिरोधको लहर नै चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*