Tuesday , 16 October 2018
News update
Home >> Features >> सञ्चारमन्त्रीले हेरेनन् ‘कबड्डी कबड्डी’ ?

सञ्चारमन्त्रीले हेरेनन् ‘कबड्डी कबड्डी’ ?

kabaddi kabaddi trailerशुक्रबार रिलिज हुने फिल्म ‘कबड्डी कबड्डी’ले बिहिबार साँझ ठुलो तामझामका साथ प्रिमियर सम्पन्न गरेको छ । प्रिमियरमा थुप्रै फिल्मकर्मी र दर्शकको भीड देखियो । फिल्म हेरेकाहरुले फिल्मको राम्रै तारिफ गरे ।
यो तारिफका बीच पनि ‘कबड्डी कबड्डी’ युनिटले केहि खल्लो महसुस गर्न बाध्य भयो । कारण सञ्चारमन्त्री शेरधन राईले उनीहरुको फिल्म हेरिदिएनन् । फिल्मका कार्यकारी निर्मात निश्चल बस्नेतले प्रमुख अतिथि बनेर आएका राईले पुरा फिल्म हेरेर मात्रै फर्किने र आफुहरुको निम्तोलाई सहर्ष स्वीकार गरेको भन्दै थिए । तर लगतै बोल्दै मन्त्री राईले आफु कसैले बोलाएर नआएको र मन्त्रालयको सचिवालयमा पत्र आएपछि सहभागिताको लागि मात्रै आएको बताए ।
उनले आफु मनोरञ्जनभन्दा देशको चिन्तामा रहेको बताउदै फिल्म हेर्ने फुर्सद नभएको बताएपछि कबड्डी कबड्डी युनिट जिल्ल खाए । उपस्थित दर्शक तथा फिल्मकर्मीहरुमा पनि गाँइगुइ चल्यो । अघिल्लो सरकारको पालामा सञ्चारमन्त्री रहेका मिनेन्द्र रिजाललाई कुनै सानो फिल्मी समारोहमा भाग लिन पाउदा देश र जनता बिर्सन्थे । तर अहिलेको सञ्चारमन्त्री भने जनताको खोजेजस्तो पाएछन भन्ने उपस्थितहरुमा गाँइगुई चल्यो ।
मन्त्रीले फिल्मलाई सफलताको शुभकामना भने दिन भ्याए । उनले फिल्म उद्योग देशको अर्थतन्त्रको मेरुदण्ड भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*