Tuesday , 18 December 2018
News update
Home >> Features >> यसरी खाना पकाउछन् आर्यन

यसरी खाना पकाउछन् आर्यन

aryan-sigdel-cooking1अहिले सोसल साइटमा आर्यन सिग्देलले चुल्होमा खाना बनाउदै गरेको तस्वीरले राम्रै चर्चा पाइरहेको छ । तस्वीरमा आर्य स्वयम चुल्होअगाडि बसेका छन र दाउरा बालेर चुल्होमाथि उनले प्रेसर कुकरमा केहि बनाउदै गरेका छन ।
जल्दाबल्दा फिल्मस्टारले सामन्य रुपमा यसरी खाना पकाउदै गरेको देख्दा सबैलाई रोचक लाग्नु स्वभाविक पनि हो । तर आर्यनले यसलाई सहज रुपमा लिएका छन । आफु पनि आम नागरिक नै भएको र हाल भारतले गरेको अघोषित नाकाबन्दिको प्रभाव आफुलाई पनि परेको उनको यो तस्वीरले प्रस्ट्याउछ । aryan-sigdel-cookingहाल फिल्म ‘क्लासिक’को छयांकन सकाएर घरमै समय बिताइरहेका आर्यनको यो तस्वीरले गतिलो सन्देश पनि दिएको छ । हरेक नेपाली अरुको सामु नझुकि आफ्नै मिहेनतमा खुशीसँग रमाउन सकिन्छ भन्ने प्रेरणा चलेको सेलेब्रेटीको यस्तो तस्वीरले मिल्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*