Wednesday , 12 December 2018
News update
Home >> Features >> फेसबुकमा भाइरल बन्यो ‘क्लासिक’ प्रोफाइल

फेसबुकमा भाइरल बन्यो ‘क्लासिक’ प्रोफाइल

classic-profile-for-onlineहिजो आज नेपाली सिनेमाले विभिन्न नयाँ नयाँ प्रचार शैली अपनाउने गरेको छ । यसबीचमा माघ २९ मा रिलिज तयारीमा रहेको फिल्म ‘क्लासिक’ले नयाँ शैलीमा पब्लिसिटी ब्यापक बनाएको छ । फिल्मले समाजिक सञ्जाल फेसबुक प्रयोगकर्तालाई आफ्नो पब्लिसिटी हतियार बनाएको हो ।
अहिले यो एउटा ट्रेन्ड नै बनेको छ । हरेक चलचित्रकर्मी तथा चलचित्रप्रेमी दर्शकले ‘क्लासिक’ लेखिएको प्रोफाइल तस्वीर शेयर गरिरहेका छन । यसरी फेसबुक प्रोफाइल बनाउने दर्शकहरुका लागि फिल्म युनिटले विभिन्न अफरहरु राखेका छन । शेयर गरेका तस्वीरहरुमा जसको तस्वीरमा सर्बाधिक लाइक कमेन्ट आएको छ ति दर्शकमध्य केहिलाई फिल्मको हिरो हिरोइनसँगै डिनर, लञ्चको ब्यवस्था युनिटले मिलाउनेछ ।
फेस भ्यालु भएका फिल्मका हिरो हिरोइन आर्यन सिग्देल र नम्रता श्रेष्ठसँग यस्तो मौका पाउने भएपछि हरेक दर्शक क्लासिक अंकित प्रोफाइल बनाउन ललायित देखिन्छ । यसबाट फिल्मको ब्यापारमा सकरात्मक भुमिका खेल्ने निश्चित छ । नेपाली फिल्ममा खासै चासो नराख्ने दर्शकसमेत यो अफरलाई पछ्याइरहेका छन । यसबाट फिल्मको पब्लिसिटी प्रभावकारी भएको देखिन्छ।
आर्यन सिग्देलको प्रस्तुतिमा सुवास गिरी निर्माता रहेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन । फिल्ममा दुई आखा नदेख्ने प्रेमीप्रेमीकाको कथा देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*