Tuesday , 18 December 2018
News update
Home >> Features >> क्रिकेट क्याप्टेनबाट ‘च्याम्पियन’ ट्रेलर रिलिज । भिडियो

क्रिकेट क्याप्टेनबाट ‘च्याम्पियन’ ट्रेलर रिलिज । भिडियो

Paras-dikpalनेपाली राष्टिय क्रिकेट टीमका क्याप्टेन पारस खडका शुक्रबार फिल्म ‘च्याम्पियन’को कार्यक्रममा देखिए । प्राय खेलकुद गतिविधिमा मात्र देखिने उनी फिल्मसम्बन्धी कार्यक्रममा देखिनु नौलो दृश्य नै थियो ।
खासमा उनी फिल्मी कार्यक्रममा देखिएको फिल्म नै क्रिकेटसँग सम्बन्धित भएकाले हो । च्याम्पियन सम्भवत नेपालमै पहिलोपटक क्रिकेटको कथाबस्तु समेटिएको फिल्म हो । त्यसैले सो फिल्मको ट्रेलर पनि पारस स्वयमले सार्वजनिक गरे । कार्यक्रममा उनले फिल्मको माध्यमबाट पनि क्रिकेट उत्थानमा सहयोग पुर्याउन सबैलाई आग्रह गरे ।
फिल्मलाई बिबि फुयाँलको निर्देशनमा रिता पोखरेलले निर्माण गरेकी हुन । कृष्ण पोखरेल फिल्मका प्रस्तुतकर्ता हुन ।
फिल्ममा दिकपाल कार्की, मन्जिता केसी, जेएन घिमिरे, साहिल खान लगायतको अभिनय छ । टंक बुढाथोकीको सँगीत रहेको फिल्मको गीतहरु अहिले चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*