Monday , 24 September 2018
News update
Home >> Features >> फाल्गुन २१ मा अनमोलको लुक्स आमेशको अभिनय भिडन्त

फाल्गुन २१ मा अनमोलको लुक्स आमेशको अभिनय भिडन्त

“मेरो फिल्मको प्रतिस्पर्धा नेपाली फिल्म हैन ।” निर्देशक/निर्माता भुवन केसिले एक कार्यक्रममा यसो भने सँगै अर्का निर्देशक दिनेश डिसि बिच शुरु भएको वाकयद्धुले अहिले चर्चा पाई रहेको छ । यति बेला यि दुईले आफ्नो फिल्मको प्रचार सँगै एक ले अर्कालाई घुमाउरो शैलीमा शब्दका बाण हानिरहेका छन् । यो कुनै नौलो घटना भने हैन फिल्म रिलिज मिति नजिकिदै यस अघि पनि नाम चलेका निर्माता तथा निर्देशकहरु बिच आरोप प्रत्यारोप चलेको ईतिहास छ ।

ffmt

अर्काको अस्तित्व स्विकार गर्न नसक्नु भुवनको कमजोरी भएको निर्देशक डिसि तर्क छ । ” को कस्को बाबु या कस्को छोरा भन्ने हुदैन , मेरो प्रतिस्पर्धा त्यो मितिका जुन फिल्म रिलिज हुन्छ त्यहि सगै हो “:- निर्देशक डिसि भन्छन् । फाल्गुन २१ गते देखि भुवन र दिनेश सँगै भुवन पुत्र अनमोल केसि र नव नायक आमेश भण्डारी बिचको भिडन्त हुनेछ । व्यबसायिक भन्दा पनि अनमोल र आमेश बिच अभिनय हिसाबले दमदार भिडन्त हुने देखिन्छ । “फूलै फूलको मौसम तिमिलाई” बाट डेब्यु गर्न लागेका आमेशमा अभिनय मार्फत दर्शकमा राम्रो छाप छोड्न सक्ने सम्भावना देखिन्छ । यसको अनुमान रिलिज भएको टे«लर मार्फत लगाउन सकिन्छ । निर्देशक डिसिले सार्बजनिक कार्यक्रममा नै अनमोल लाई अभिनय गर्न आउँदैन भनेर भनिरहेका छन् भने अनमोलले अभिनय खुबि भनिएका आमेश लाई आफ्नो लुक्स नै काफी रहेको प्रतिक्रिंया दिएका छन् । दर्शकले नपत्याएको भए दुई वटा फिल्म कसरी हिट भए रु अनमोलको प्रश्न छ । मिडिया र आम दर्शकहरुमा दबै फिल्मको एक किसिमको छाप पारिसकेको छ ।

anmol drems“फूलै फूलको मौसम तिमिलाई ” यति बेला गित सँगितका कारण चर्चामा रहेको छ भने ड्रिम्सले सार्बजनिक  ट्रेलर युट्युबमा छोटो समयमा सबैभन्दा धेरै भ्युअर्सको रेर्कड राखेको छ । युवा पुस्ताले रुचाएका अनमोल सँगको प्रतिस्पर्धा अमोशका लागी त्यति सहज भने छैन तर पनि पहिलो फिल्मबाटै दर्शक माझ राम्रो अभिनयको छाप छोड्न सक्ने अबसर पनि छ । के आमेशले आफुलाई अनमोल भन्दा अब्बल तथा क्षमतावान भएको प्रमाणित भने गर्न सक्दछन् त ? यो फाल्गुन २१ गते थाहा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*