Tuesday , 18 December 2018
News update
Home >> Features >> बलामीले बनाउने भए ‘नेपालीको शान’,चलचित्रको थाइल्याण्डमा छायांकन हुने

बलामीले बनाउने भए ‘नेपालीको शान’,चलचित्रको थाइल्याण्डमा छायांकन हुने

थाइल्याण्डमा छायांकन गरिने चलचित्र ‘नेपालीको शान’को औपचारिक घोषणा भएको छ । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको बारेमा जानकारी दिएको हो । बीजी फिल्मस्को व्यानरमा चलचित्र ‘नेपालीको शान’लाई बीएस बलामीले निर्देशन गर्दैछन् ।

nepali san

चलचित्रमा प्रज्ज्वल गिरी, सीमा केसी, राजेन्द्र गौतम, नीशा शाह, श्रीदेव आचार्य र डेब्बु नायक प्रकाश खत्रीको अभिनय रहने छ ।चलचित्रमा नायक जीवन लुँइटेल विशेष भूमिकामा देखिनेछन् ।

चलचित्रलाई ज्ञानु श्रेष्ठ, प्रकाश खत्री, राजेन्द्र गौतमले मिलारे निर्माण गर्न लागेका हुन् ।टंक बुढाथोकी र सम्राट थापाको संगीत, निशा शाहको नृत्य, देव महर्जनको एक्सन, नविन पन्तको संवाद, अनन्त घिमीरेको सम्पादन तथा कलर, मधुकर बलामीको एनिमेशन भीएफएक्स, सुजन बाँनियाको पब्लिसिटी डिजाइन र सञ्चु थोकर लामाको छायांकन रहनेछ ।

चलचित्रका निर्देशक बीएस बलामीका अनुसार प्रेम, रोमान्स र नेपाल प्रतिको माया तथा नेपालीको शानलाई यो चलचित्रमा प्रस्तुत गरिनेछ । थाइल्याण्डसँगै नेपालको गणेश हिमालको अधिकांश भुभागमा चलचित्र खिचिने निर्देशक बलामीले बताए । आर आर फिल्मस्ले वितरण गर्ने यो चलचित्र पौष २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

बीएस बलामी निर्माण तथा निर्देशन रहेको चलचित्र ‘ड्राइभर दाई’ यहि भाद्र ३१ गतेबाट प्रदर्शनमा आउदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*