Saturday , 20 October 2018
News update
Home >> bollywood >> मिथुन चक्रवर्तीका फ्यानका लागि दुखद खबर

मिथुन चक्रवर्तीका फ्यानका लागि दुखद खबर

mithun_sm_650_101316124936बलिउड डान्सिङ स्टार मिथुन चत्रवर्तीका फ्यानका लागि दुखद खबर । यी बलिउड हस्ती अहिले सिकिस्त बिरामी परेका छन । उनका म्यानेजरले दिएको जानकारीअनुसार उनी लामो समययता बिरामी छन । जसका कारण पछिल्लो केहि महिनायता उनी बलिउडका कुनै पनि सार्वजनिक समारोहमा उपस्थित छैनन् ।
म्यानेजरका अनुसार मिथुन अहिले इन्डियामा छैनन् । उनी उपचार र आरामका लागि अमेरिकाको लस एन्जलसमा रहेका छन । लामो समयदेखि बिरामी रहेपनि मिथुन आफैले यसबारेमा मिडियामा कुनै समाचार सार्वजनिक गर्न नचाहेको उनको भनाई छ । ब्याक पेनको समस्याले ग्रसित मिथुन यसै महिनाको अन्तिममसम्म स्वदेश फर्कने सम्भावना छन ।
कयौ हिन्दी एक्सन फिल्ममा काम गरेका मिथुन सन २००९ मा फिल्म लकको सुटिङका क्रममा घाइते भएका थिए । सोहि बेलाको समस्या बल्झिएको चिकित्सकहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*